२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

शेखर, प्रचण्ड र माधव नेपालबिच भेटवार्ता

शेखर, प्रचण्ड र माधव नेपालबिच भेटवार्ता

साझा पोष्ट
शुक्रबार, असार १२ २०८३
  • images
    images
    शेखर, प्रचण्ड र माधव नेपालबिच भेटवार्ता

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र सह–संयोजक माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेका छन् । पूर्वप्रधानमन्त्रीद्वय प्रचण्ड र नेपाल नेता कोइरालालाई भेट्न विराटनगरस्थित निवासमै पुगेका थिए । 
    झन्डै ४५ मिनेट चलेको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन र कांग्रेसको वर्तमान अवस्थाबारे छलफल भएको थियो । 


    images

    भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले समसामयिक राजनीतिक मुद्दाहरूमा केन्द्रित रहेर कुराकानी भएको बताए। ‘धेरै लामो कुराकानी त भएन, तर समसामयिक राजनीति र विशेषगरी रास्वपाको महाधिवेशनलाई कसरी हेर्ने भन्नेबारे केही छलफल भयो,’ प्रचण्डले भने। 
    उनले कांग्रेसको पछिल्लो अवस्थाबारे पनि चासो व्यक्त गरेको जानकारी दिए। त्यसैगरी, नेकपा सह–संयोजक नेपालले पनि यो भेटलाई सामान्य राजनीतिक संवादको रूपमा अथ्र्याए। 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार