२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

कार्यकर्तालाई प्रचण्डको अपिल: एमालेसँग सहकार्य हुन्छ, मेरो अन्तिम क्रम भङ्ग हेर्न तयार हुनुस्

कार्यकर्तालाई प्रचण्डको अपिल: एमालेसँग सहकार्य हुन्छ, मेरो अन्तिम क्रम भङ्ग हेर्न तयार हुनुस्

साझा पोष्ट
शुक्रबार, असार १२ २०८३
  • images
    images
    कार्यकर्तालाई प्रचण्डको अपिल:  एमालेसँग सहकार्य हुन्छ, मेरो अन्तिम क्रम भङ्ग हेर्न तयार हुनुस्

    काठमाडौं ।  नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्कालै सहकार्य सुरु हुने बताएका छन्।


    images

    विराटनगरमा आज आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले सबै वामपन्थीहरू मात्रै नभएर लोकतान्त्रिक पार्टी जसपा समेतसँग कुरा भइरहेको बताए । ‘हिजै हामी समाजवादी मोर्चामा भएकाहरूसँग एकता छिट्टै हुँदैछ र नेकपा एमालेसँग सहकार्य हुँदैछ,’ उनले भने, ‘पार्लियामेन्टमा सहकार्य, सडकमा सहकार्य र आउने प्रदेश र स्थानीय तहको चुनावमा सहकार्यको सहमति हुँदैछ ।’

    उनले तत्काल पार्टी एकता नगरेपनि सहकार्य गरेर अघि बढ्ने बताए । ‘अहिले एमालेसँग तत्कालै एकताको कुरा हामीले गरेका छैनौँ, सहकार्य पार्लियामेन्ट्री संघर्षमा, सडक सङ्घर्षमा र चुनावमा सहकार्य गर्दा नयाँ ठाउँमा पुर्‍याउन सकिन्छ,’ उनले भने, ‘पार्लियामेन्टमा हामी एउटा शक्तिको साथ उपस्थित हुन सकिन्छ । त्यसकारण दोस्रो हामीले भनेका छौं सहकार्य वामपन्थीहरूसँग ।’

    आफूमाथि हुने गरेका आलोचना र सामाजिक सञ्जालको गालीलाई सामान्य रूपमा लिँदै प्रचण्डले कार्यकर्ताहरूलाई  बोल्ड भएर अगाडि बढ्न आग्रह गरे ।  आफूहरू ‘घण्टी बजाउने भिक्षु’ नभएको टिप्पणी गर्दै उनले जुनसुकै बेला क्रान्तिकारी निर्णय लिन सक्ने बताए ।  ‘हामी जस्तोसुकै क्रमभङ्ग गर्न तयार भएका मान्छे हौँ, क्रमभङ्ग गर्दै आएको हो, महाधिवेशनमा अर्को क्रमभङ्ग गरिन्छ, तपाईंहरू बोल्डली अगाडि आउनुस्,’ उनले भने, ‘नहिचकिचाइकन, नडराइकन, भ्रममा नपरीकन अगाडि आउनुस । प्रचण्डको अन्तिम क्रमभङ्ग हेर्नुस् अब कस्तो हुन्छ।’

     

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार