२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

केप भर्डेलाई ऐतिहासिक सफलता, पहिलो सहभागीतामै विश्वकपको नकआउट चरणमा

केप भर्डेलाई ऐतिहासिक सफलता, पहिलो सहभागीतामै विश्वकपको नकआउट चरणमा

साझा पोष्ट
शनिबार, असार १३ २०८३
  • images
    images
    केप भर्डेलाई ऐतिहासिक सफलता, पहिलो सहभागीतामै विश्वकपको नकआउट चरणमा

    काठमाडौं । केप भर्डे पहिलो सहभागीतामै विश्वकप फूटबलको नकआउट चरणमा पुगेको छ । समुह ‘एच’मा अपराजित रहँदै  केप भर्डे उपविजेताका रूपमा नकआउट चरणमा पुगेको हो । यो समुहबाट ७ अंक बटुल्दै स्पेन समुह विजेता बन्यो ।


    images

     

    शनिबार सम्पन्न अन्तिम खेलमा पनि केप भर्डेले साउदी अरेबियासँग बराबरी खेल्दै ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रह्यो । यसअघि केप भर्डेले स्पेन र उरुग्वेसँग पनि बराबरी खेलेको थियो । जारी विश्वकपमा डेब्यु गरेका चार टिम मध्ये केप भर्डे मात्रै नकआउट चरणमा पुगेको छ ।

     

    अन्य तीन टिमहरू कुरासाओ, उज्बेकिस्तान र जोर्डन भने समुह चरणबाटै बाहिरिएका छन् ।राउन्ड अफ ३२ मा अब केप भर्डेको प्रतिस्पर्धा साविक विजेता अर्जेन्टिनासँग हुने भएको छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार