२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

पूर्वविश्व विजेता उरुग्वे समूह चरणबाटै बाहिरियो, स्पेन समूह विजेता बनेर नकआउट चरणमा

पूर्वविश्व विजेता उरुग्वे समूह चरणबाटै बाहिरियो, स्पेन समूह विजेता बनेर नकआउट चरणमा

साझा पोष्ट
शनिबार, असार १३ २०८३
  • images
    images
    पूर्वविश्व विजेता उरुग्वे समूह चरणबाटै बाहिरियो, स्पेन समूह विजेता बनेर नकआउट चरणमा

    काठमाडौं । एलेक्स बाएनाको एक मात्र गोलमा उरुग्वेलाई १–० ले हराउँदै स्पेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।
    यो जितपछि तीन अंक थपेर स्पेन समूह एचमा ७ अंकसहित समूह विजेता बनेर नकआउट चरण पुगेको हो ।पूर्वविजेता उरुग्वेका लागि समुह चरण पार जित वा बराबरी पनि पर्याप्त हुन सक्थ्यो ।


    images

    तर उरुग्वे स्पेनसँग १ गोल खाँदै पराजित मात्रै भएन, समूह चरणबाटै बाहिरियो । मेक्सिकोको ग्वाडालाजारमा भएको स्पेनका लागि एलेक्स बाएनाले निर्णायक गोल गरे । 

     समूह एचमा दुई बराबरी र एक हारबाट उरुग्वेको २ अंकसहित तेस्रो स्थानमा रह्यो । अर्को खेलमा केप भर्डेले साउदी अरेबियासँग गोलरहित बराबरी खेलेपछि केप भर्डे विश्वकप डेब्युमे समहु चरणमा अपराजित रहेर नकआउट चरणमा प्रवेश गरेको छ ।
    तीनै खेल बराबरी खेलेको केप भर्डे ३ अंक जोडेर समूह उपविजेता बन्यो ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार