काठमाडौं । अल्जेरिया र अस्ट्रिया फिफा विश्वकप २०२६ को नकआउट चरण प्रवेश गरेका छन् । समूह चरणको अन्तिम खेलमा बराबरी खेल्द दुवै टिम नकआउट प्रवे शगरेका हन् ।
दुवै टोलीले ३–३ गोलको बराबरीमा खेले । यो नतिजासँगै समूह ‘जे’बाट दुवै टोली नकआउट चरणमा प्रवेश पाए । एक जित, एक बराबर र एक हार बेहोरेर ४ अंक बटुलेको अस्ट्रिया अंक तालिकामा दोस्रो रहँदै नकआउट पुग्दा समान नतिजासहित ४ अंक बटुलेको अल्जेरिया गोलअन्तरले पछि पर्दै तेस्रो भयो ।
तर, प्रतियोगितामा उत्कृष्ट तेस्रोमा रहँदै उसले पनि नकआउट चरणमा स्थान बनाएको हो । यो समूहबाट सबै जित निकाल्दै साविक विजेता अर्जेन्टिना समूह विजेता रह्यो ।
खेलमा अस्ट्रियाले २८ औं मिनेटमा अग्रता हासिल गरेको थियो । अस्ट्रियाका मार्को अर्नाटोभिचले गोल गर्दै अग्रता दिलाएका थिए ।४५ औं मिनेटमा अल्जेरियाका रफिक बेलघालीले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।त्यसपछि खेलको ५५ औं मिनेटमा अस्ट्रियाका मार्सल सबिट्जरले गोल हानेर टिमलाई २–१को अग्रता दिलाएका थिए । त्यसको ५ मिनेट नबित्दै अल्जेरियाका रिहाद महरेजले बराबरी गोल फर्काउँदै बराबरीमा ल्याएका थिए ।
त्यसपछि निर्धारित ९० मिनेटसम्म थप गोल भएन । इन्जुरी समयको तेस्रो मिनेटमा महरेजले अर्को गोल गर्दै अल्जेरिया जित नजिक पुगेको थियो, तर, लगत्तै इन्जुरी समयकै छैटौं मिनेटमा अस्ट्रियाका सासा कालाज्डेजिकले गोल फर्काएर खेल ३–३ को बराबरीमा सकियो ।


