काठमाडौं । नेपालका दुई ठूला वामपन्थी पार्टी नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले अब सहकार्य र एकताको सन्देश दिएका छन् । चार पूर्वप्रधानमन्त्रीहरू आज एकै मञ्चमा देखिएका छन्।
मदन भण्डारीको ७५औं जन्मजयन्तीका अवसरमा आयोजित विचार गोष्ठीमा पूर्वराष्ट्रपति र चार पूर्वप्रधानमन्त्रीहरू एकै मञ्चमा उपस्थित भएर सहकार्यको संकेत गरेका हुन् ।
मदन भण्डारी फाउन्डेसनले आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल एकै मञ्चमा सहभागी भएका छन् । कार्यक्रममा बोल्दै झलनाथ खनालले अब एकता गर्नुपर्ने भन्दै त्यसका लागि आह्वान पनि गरे ।
कार्यक्रमको प्रमुख अथिति भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी छिन् । भण्डारीलाई अध्यक्ष मानेर दुई एकताको प्रयास भैरहेका बेला पाँच जना शीर्ष नेता एउटै मञ्चमा बसेका हुन् ।


