२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

प्रचण्डको प्रस्ताव : वामपन्थी सहकार्यका लागि ढिलो नगरौं

प्रचण्डको प्रस्ताव : वामपन्थी सहकार्यका लागि ढिलो नगरौं

साझा पोष्ट
आइतबार, असार १४ २०८३
  • images
    images
    प्रचण्डको प्रस्ताव : वामपन्थी सहकार्यका लागि ढिलो नगरौं

    , काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकताका लागि सहकार्य गर्न ढिला गर्न नहुनेमा जोड दिएका छन् । 
    नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रचण्डले एकताका लागि सहकार्य ढिलो भए अर्को दुर्भाग्य र ठूलो गल्ती हुने चेतावन दिए ।  


    images

    उनले आजको भोलि नै पार्टी एकता  नभए पनि कार्यगत एकताका लागि भने ढिला गर्न नहुनेमा जोड दिए । हतारमै एकता गर्ने पक्षमा आफू पनि नरहेको तर सहकार्य जरुरी भैसकेको उनले बताए । प्रचण्डले संसद्, सडक, चुनाव जता एकता गर्न सकिन्छ त्यस ठाउँमा सहकार्य गर्न सकिने उनले बताए। 

    ‘हामीले ढिलो नगरी भन्न चाहन्छु, राष्ट्रिय स्वाधिनताका पक्षमा, निरंकुशताका विरुद्ध, वैदिशक दबाब र हस्तक्षेपका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी र देशभक्त एक हुनुपर्छ । यसलाई ढिला गर्न गल्ती हुन्छ,’ संयोजक प्रचण्डले भने । 

     

    साथै, उनले विचार मिल्नेहरू एकता गर्न ढिला गर्दा ठूलो दुर्भाग्य हुनसक्ने बताए ।

    ‘केही साथीहरूले पार्टी एकता गरिहाल्ने भन्यो, बुझ्नै सकिएन भन्छन्, मलाई अनौठो लाग्छ । मैले आजै भोलि नै पार्टी एकता गरौं भनेको पनि छैन । मैले सहकार्य आजै सकिन्छ भने आजै गरौं, भरे सकिन्छ भने भरे नै र भोलि सकिन्छ भने भोलि नै गरौं भनेको हुँ,’ प्रचण्डले भने ।

    उनले वर्तमान सरकार संविधानका आधारभूत विषयमा प्रहार गर्नेतिर उद्धत रहेको आरोप लगाए ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार