२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर 'प्रतिगमन'लाई पराजित गरौं: केपी ओली

लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर 'प्रतिगमन'लाई पराजित गरौं: केपी ओली

साझा पोष्ट
आइतबार, असार १४ २०८३
  • images
    images
    लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर 'प्रतिगमन'लाई पराजित गरौं: केपी ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनलाई परास्त गर्नु अहिलेको मुख्य आवश्यकता रहेको बताएका छन् ।


    images

    मदन भण्डारीको ७५औँ जन्म जयन्तीका अवसरमा आइतबार काठमाडौँमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

    ‘कहाँबाट समाजवाद निर्माण गर्नु, हैरान छ प्रतिगमन गरेर । यतिबेला प्रतिगमनलाई पराजित गर्ने मुख्य काम हो’, उनले भने, ‘सबै लोकतान्त्रिक वामपन्थी मिलेर कार्यगत एकताको माध्यमबाट प्रतिगमनलाई पराजित गर्नैपर्छ ।’

    उनले वामपन्थीको चरित्र हत्या गर्ने काम भइरहेको बताए । उनले कम्युनिस्टहरूका नीति सहि भएको दाबी पनि गरे ।

    ‘नेकपा एमाले हाम्रा नीति सहि छन् कि गलत छन् भनेर कुनै एकता एकीकरणका लागि छलफल गर्ने पक्षमा छैन । हाम्रा नीति एकदमै सहि छन्,’ ओलीको दाबी छ ।

    जबजलाई समसामयिक ढंगले समयानुकूल बनाउँदै आफ्नो पार्टी अघि बढेको ओलीको भनाइ छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार