काठमाडौं । टि- २० क्रिकेटको विश्वविजेता भारतले विरूद्धको सिरिज हारेको छ । आयरल्यान्डले भारतविरुद्धको सिरिज क्लीनस्वीप गरेको हो । दोस्रो म्याचमा एक रनको रोमाञ्चक जितसँगै आयरल्याण्डले भारतको घरेलु मैदानमा आयोजित श्रृङ्खला २-० ले जितेको हो ।
यो हारसँगै भारतले कायम गरेको लगातार जितको श्रृङ्खलामा ब्रेक लाग्यो । भारतले पछिल्ला १६ टि २० अन्तर्राष्ट्रिय सिरिज लगातार जितेको थियो तर कमजोर आँकिएको आयरल्याण्डसँग भारत स्तब्ध भयो ।
पहिल ब्याटिङ गर्दै १५४ रन बनाएको आयरल्यान्डले भारतलाई १५३ रनमा रोक्यो । भारतले ९ विकेट क्षतिमा १५३ रन मात्रै जोड्न सक्यो । भारतका लागि तिलक बर्माले सर्वाधिक ५५ रन बनाए ।
भारतलाई अन्तिम ओभरमा जितका लागि २० रन चाहिएको थियो । पहिलो २ बलमा ९ रन जोडेर भारतले आशा जगाए पनि त्यसपछिका तीन बलमा ३ रन मात्र जोडेर हर्षित रानाको विकेट झरेपछि भारत पराजित भयो ।


