२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

ओली लगायतलाई गोकुलको प्रश्न: गल्ती स्वीकार्न र सहकर्मीलाई अघि बढाउन सक्छौ ?

ओली लगायतलाई गोकुलको प्रश्न: गल्ती स्वीकार्न र सहकर्मीलाई अघि बढाउन सक्छौ ?

साझा पोष्ट
सोमबार, असार १५ २०८३
  • images
    images
    ओली लगायतलाई गोकुलको प्रश्न:  गल्ती स्वीकार्न र सहकर्मीलाई अघि बढाउन सक्छौ ?

    काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पछिल्लो समय कम्युनिस्ट पार्टीहरूबिच भइरहेको एकता र संयुक्त मोर्चा बनाउने प्रयासप्रति निकै कडा टिप्पणी गरेका छन् । 


    images

    सामाजिक सञ्जालमार्फत बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै पटकपटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग चलेको भन्दै व्यङ्ग्य गरेका हुन्। 

    उनले राजनीतिक वृत्तमा भइरहेका यस्ता प्रयासलाई नेतृत्वले आफ्नो असफलता लुकाउने प्रपञ्चको रूपमा बुझेका छन् ।  नेता बास्कोटाले देशमा भयङ्कर खतरा देखाएर नेतृत्वबाट यस्तो भाष्य निर्माण गर्न खोजिएको आरोप लगाएका छन्। 


    उनले फेसबुकमा लेखेका छन्, ‘भयङ्कर खतरा देखाउँदै नेतृत्वबाट चलाइएको यो कथ्य रूपमा सुन्दर र सारमा आफ्नो असफलता छोप्न र शक्तिमा टिक्न देखाइएको भुत्ते हतियार हो।’ राजनीतिक दलहरू बिच एकता वा मोर्चा बनाउने नाममा नेतृत्वले केवल आफ्नो स्वार्थ मात्रै हेरेको उनको बुझाइ छ।

    उनले कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूलाई वास्तवमै सुधार र शक्ति आर्जन गर्न चाहेको हो भने पहिले आफ्नो गल्ती स्वीकार गर्न चुनौती समेत दिएका छन्। बास्कोटाले नेतृत्वलाई प्रश्न गर्दै अगाडि लेखेका छन्, ‘सुधार र शक्ति आर्जन चाहेकै हो भने पहिला फुटाएर गल्ती भो–भन। आफू छोडेर सहकर्मीलाई अघि बढ भन्न सक्छौ?’ 

    यस्तो छ बास्कोटाको स्ट्याटस : 
    पटकपटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग चलेछ।भयङकर खतरा देखाउदै नेतृत्ववाट चलाईएको यो कथ्य रुपमा सुन्दर र सारमा आफ्नो असफलता छोप्न र शक्तिमा टिक्न देखाईएको भुत्ते हतियार हो। सुधार र शक्ति आर्जन  चाहेकै हो भने पहिला फुटाएर गल्ती भो-भन।आफु छोडेर सहकर्मीलाई अघि बढ भन्न सक्छौ ?

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार