२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

नेपालमा कम्युनिष्ट आन्दोलन होइन, नेतामात्रै जीवित छन : जनार्दन शर्मा

नेपालमा कम्युनिष्ट आन्दोलन होइन, नेतामात्रै जीवित छन : जनार्दन शर्मा

साझा पोष्ट
सोमबार, असार १५ २०८३
  • images
    images
    नेपालमा कम्युनिष्ट आन्दोलन होइन, नेतामात्रै जीवित छन : जनार्दन शर्मा

    काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेपालमा कम्युनिष्ट आन्दोलन विघटन भइसकेको दाबी गरेका छन्।  सोमबार काठमाडौंमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता शर्माले अहिले कम्युनिष्ट आन्दोलन जीवित नरहेको बरु आन्दोलनमा लागेका नेता र समर्थकहरू मात्रै बाँकी रहेको टिप्पणी गरेका हुन्।
    नेता शर्माले कम्युनिष्ट आन्दोलन वैचारिक, राजनीतिक र साङ्गठनिक रूपमै पतन भएको बताए। आन्दोलनको मूल शक्ति विघटन भइसकेको भन्दै उनले यसलाई पुनर्जीवित गर्न नयाँ अभियान र व्यापक पुनर्गठन अपरिहार्य रहेको औँल्याए।


    images


    ‘अब नेपाली कम्युनिष्ट आन्दोलन अल्मलियो। वैचारिक रूपले अल्मलियो, राजनीतिक रूपमा गन्जागोलमा गयो र साङ्गठनिक रूपले त एउटा नोकरशाहीतन्त्रमा फेरियो,’ शर्माले कार्यक्रममा भने, ‘मलाई लाग्दैन यहाँ अहिले कम्युनिष्ट आन्दोलन जीवित छ। आन्दोलनमा लागेका नेताहरू र हामीलाई समर्थन गरेका जनता मात्रै जीवित हौँ। आन्दोलन विघटन भइसकेको छ।’


    कुनै समय देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिहरूसँग करिब ७० प्रतिशत जनमत रहेको स्मरण गर्दै शर्माले अहिले त्यो जनधार निकै खस्किएको यो विघटित अवस्थामा आन्दोलनलाई पुनर्जीवन दिन नयाँ ढङ्गले पुनर्गठन गर्नुपर्नेमा जोड दिए।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार