२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

ब्राजिल विश्वकपको प्रि-क्वार्टरफाइनलमा, २-१ ले हार्दै बाहिरियो जापान

ब्राजिल विश्वकपको प्रि-क्वार्टरफाइनलमा, २-१ ले हार्दै बाहिरियो जापान

साझा पोष्ट
मंगलबार, असार १६ २०८३
  • images
    images
    ब्राजिल विश्वकपको प्रि-क्वार्टरफाइनलमा, २-१ ले हार्दै बाहिरियो जापान

    काठमाडौं । पाँच पटकको विजेता ब्राजिल विश्वकप फूटबलको प्रि क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।


    images

    अमेरिकाको ह्यूस्टन रंगशालामा एसियाली मुलुक जापानलाई २-१ ले हराउँदै  ब्राजिल अन्तिम १६ मा प्रवेश गरेको हो । 

    पहिलो हाफमा एक गोल खाँदै पछि परेको अवस्था उल्ट्याउँदै ब्राजिलले दोस्रो हाफमा दुई गोल गर्यो ।  ब्राजिलका लागि कासिमिरो र  गाब्रीएल मार्टीनेली तथा जापानका लागि  काइसु सानोले गोल गरे । 
     मार्टेीनेलीले खेल सकिनै लाग्दा दोस्रो हाफको इन्जुरी टाइमको छैटौं मिनेटमा निर्णायक गोल गर्दै ब्राजिललाई अन्तिम १६ पुर्याए । 

    खेलको २९ औं मिनेटमा काइशु सानोले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए।
    पानका लागि काइसु सानोले २९औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । उनले मैदानको बिच भागमा ब्राजिलियन खेलाडीको मिस पासलाई कलेक्ट गर्दै एक्लै बल अगाडि बढाउँदै गोल गरे ।
    तर दोस्रो हाफमा ब्राजिल खेलमा फर्कियो । ब्राजिलका लागि मिडफिल्डर कासिमिरोले ५६औं मिनेटमा हेड मार्फत गोल गरेर बराबरीमा ल्याए ।  ब्राजिलले दोस्रो हाफको सुरुवात देखि नै जापानमाथि लगातार दबाब बनायो र गोल गर्यो । 

    त्यसपछि निकै प्रयास गर्दा पनि गोल नभएपछि निर्धारित समयको खेल बराबरीतर्फ गैरहेको देखिएको थियो । तर इन्जुरी टाइममा मार्टिनेलीले विजयी गोल गरे । 
    हारसँगै जापानको विश्वकप यात्रा राउन्ड अफ ३२ मै सकिएको छ। ब्राजिलले अब अन्तिम १६ मा आइभरी कोस्ट र नर्वेबीचको विजेतासँग खेल्नेछ।

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार