२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

हालाण्डको निर्णायक गोलमा आइभरी कोष्टलाई हराउँदै नर्वे प्रिक्वार्टरफाइनलमा

हालाण्डको निर्णायक गोलमा आइभरी कोष्टलाई हराउँदै नर्वे प्रिक्वार्टरफाइनलमा

साझा पोष्ट
बुधबार, असार १७ २०८३
  • images
    images
    हालाण्डको निर्णायक गोलमा आइभरी कोष्टलाई हराउँदै नर्वे प्रिक्वार्टरफाइनलमा

    काठमाडौं । एर्लिङ हालान्डले ८६ औं मिनेटमा निर्णायक गोल गरेपछि नर्वे फिफा विश्वकप २०२६ को प्रिक्वार्टरफाइनलमा मा प्रवेश गरेको छ ।


    images

    अमेरिकाको डलास स्टेडियममा भएको खेलमा आइभरी कोष्टलाई २–१ गोलअन्तरले हराउँदै नर्वेले प्रिक्वार्टरफाइनल पुगेको हो  ।

    नर्वेको जितमा एर्लिङ हालान्ड र एन्टोनियो नुसाले गोल गरे । नुसाले खेलको ३९औं मिनेटमा गोल गर्दै नर्वेलाई पहिलो अग्रता दिलाएका थिए ।

    ७४औं मिनेटमा अमाद डायलोले गोल गर्दै आइभरी कोष्टलाई बराबरी गोल फर्काए । तर ८६औं मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै नर्वेलाई जिताए ।  अब नर्वेले क्वार्टरफाइनल प्रवेशका लागि पाँच पटकको विश्वविजेता ब्राजिलसँग खेल्नेछ 

    चौथोपटक विश्वकप खेलेको नर्वे तेस्रोपटक प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको हो । नर्वे यसअघि सन् १९३८ र १९९८ मा प्रिक्वार्टरफाइनलसम्म पुगेको थियो । सन् १९९४ मा भने समूह चरणबाटै बाहिरिएको थियो ।

    २८ वर्षपछि विश्वकप खेलेको नर्वेले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । समूह चरणमा फ्रान्ससँग पराजित हुँदा सेनेगल र इराकमाथि शानदार जित हासिल गरेको थियो  

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार