२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको प्रिक्वार्टरमा, एम्बाप्पेको २ गोल

स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको प्रिक्वार्टरमा, एम्बाप्पेको २ गोल

साझा पोष्ट
बुधबार, असार १७ २०८३
  • images
    images
    स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको प्रिक्वार्टरमा, एम्बाप्पेको २ गोल

    काठमाडौं।  स्वीडेनलाई हराउँदै फ्रान्स फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।


    images

     स्विडेनमाथि ३–० को सहज जित निकाल्दै फ्रान्स प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो। फ्रान्सको जितमा किलियन एम्बाप्पेले दुई तथा ब्राड्ली बार्कोलाले एक गोल गरे।

    खेलको ४५ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए। ५३ औं मिनेटमा बार्कोलाले गोल थप्दै फ्रान्सको अग्रता दोब्बर पारे। त्यसपछि ७४ औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल थपे।

    योसँगै एम्बाप्पे गोल्डेन बुटको दौडमा पनि अर्जेन्टिनाका लियोनल मेसीसँग बराबरीमा पुगेका छन्। दुवैले जारी विश्वकपका ६–६ गोल गरेका छन्।

    यस्तै, एम्बाप्पेले विश्वकपमा गोल संख्या १८ पुर्याएका छन्। उनीभन्दा अगाडि १९ गोलसहति मेसी छन्।
    २०१८ को विजेता फ्रान्सले अब अन्तिम १६ मा पाराग्वेसँग खेल्नेछ।

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार