काठमाडौं। स्विट्जरल्यान्ड फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।
शुक्रवार विहान भएको खेलमा अल्जेरियालाई २–० गोलले हराउँदै स्विट्जरल्यान्ड प्रि–क्वाटरफाइनल पुगेको हो ।
स्विट्जरल्यान्डको जितमा ब्रिल इम्बोलो र डान एन्डोयले एक–एक गोल गरे। खेलको १० औं मिनेटमा नै इम्बोलोले गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुआती अग्रता दिलाए। ४६ औं मिनेटमा एन्डोयले गोल थप्दै टोलीको अग्रता दोब्बर पारे ।
त्यसपछि खेलमा थप गोल हुन सकेन र स्विट्जरल्यान्ड विजयी भयो । स्विट्जरल्यान्डले अब अन्तिम १६ मा कोलम्बिया र घानाबीचको विजेतासँग खेल्नेछ। पराजित अल्जेरिया भने राउन्ड अफ ३२ बाटै बाहिरिएको छ।


