२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

अर्जेन्टिना-केप भर्डे भिडन्त: मेस्सीले भेद्लान कि भोजिन्हाले रोक्लान ?

अर्जेन्टिना-केप भर्डे भिडन्त: मेस्सीले भेद्लान कि भोजिन्हाले रोक्लान ?

साझा पोष्ट
शुक्रबार, असार १९ २०८३
  • images
    images
    अर्जेन्टिना-केप भर्डे भिडन्त: मेस्सीले भेद्लान कि भोजिन्हाले रोक्लान ?

    काठमाडौं । फिफा विश्वकप फुटबल अन्तर्गत नकआउट चरणको खेलमा शनिवार विहान तीन पटकको विजेता अर्जेन्टिना र नवप्रवेशी केप भर्डे भीड्दैछन् । अमेरिकाको मियामीमा हुने यो खेल नेपाली समय अनुसार शनिवार बिहान ३ः ४५ बजेदेखि शुरु हुनेछ ।  समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको केप भर्डेले अब साविक विजेता अर्जेन्टिनाको सामना गर्नेछ ।


    images


    विश्वकपमा पहिलो पटक सहभागी भएका चार टोलीमध्ये केप भर्डे मात्र नकआउट चरणमा पुग्न सफल टोली हो । विश्वकपको पहिलो सहभागितामै अफ्रिकी राष्ट्र केप भार्डेले सनसनी प्रदर्शन गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ । स्पेनलाई पहिलो खेलमै गोलरहित बराबरीमा रोकेर भार्डेले जबर्जस्ती उपस्थिति र सन्देश दिएको थियो ।  स्पेनविरुद्ध गोलरक्षक भोजिन्हाले करिअरकै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

    उनले एक दर्जनभन्दा बढी स्पेनका गोल प्रयास रोकेका थिए । भार्डे र भोजिन्हाको प्रदर्शनले विश्व नै चकित परेको थियो । दोस्रो खेलमा उसले उरुग्वेलाई पनि २ २ को बराबरीमा रोकेको थियो । यो खेलमा उसले पछाडि परेको अवस्थाबाट पूनरागमन गरेको थियो । समूह चरणको तेस्रो खेलम उसले साउदी अरेबियासँग गोलरहित बराबरी खेलेर पहिलो सहभागीतामै नकआउट चरण पार गरेको थियो । 

    अब भार्डे समूह चरणको प्रदर्शन अर्जेन्टिनाविरुद्ध पनि दोहोर्‍याउने र राम्रो नतिजा ल्याउने योजनाका साथ मैदानमा उत्रँदै छ । अर्जेन्टिना पनि विपक्षीको रणनीति र क्षमताबारे राम्रोसँग परिचित छ । एउटा सानो गल्तीले पनि बाहिरिन सक्ने अर्जेन्टिनाले बुझेको छ । 

    भार्डे डिफेन्समा मात्र बलियो छैन । उनीहरू काउन्टर एट्याक्टमा पनि उत्तिकै बलिया छन् ।  यसकारण अर्जेन्टिनाले नकआउट चरणमा निकै सतर्क भएर प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । अर्जेन्टिना समूह चरणका तीनै खेल जित्दै अपराजित रूपमा अन्तिम ३२ मा पुगेको हो र त्यो लयलाई कायम राख्दै उसले प्रिक्वार्टर पुग्ने योजना बनाउनेछ । 

    साबिक विजेता अर्जेन्टिनाले पहिलोपटक सहभागी केप भार्डेविरुद्ध प्रिक्वार्टरफाइनलमा प्रतिस्पर्धा गरिरहँदा कप्तान मेसीमाथि मुख्य नजर हुनेछ । मेसी पनि सहभागी टोलीमध्ये भार्डेको जबर्जस्त बलियो डिफेन्स लाइन तोड्ने योजनामा छन् । लगातार सात खेलमा सातै गोल गरी कीर्तिमानी बनाएका मेसी उत्कृष्ट फर्ममा छन् । उनले अल्जेरियाविरुद्ध ह्याट्रिक गरेका थिए । चालू विश्वकपमा उनले ६ गोल गरेका छन् । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार