२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

ओलीको उद्घोष: धक्का खाएका छौं, तर उठ्छौं र प्रतिरोध गर्छाैं

ओलीको उद्घोष: धक्का खाएका छौं, तर उठ्छौं र प्रतिरोध गर्छाैं

साझा पोष्ट
शनिबार, असार २० २०८३
  • images
    images
    ओलीको उद्घोष: धक्का खाएका छौं, तर उठ्छौं र प्रतिरोध गर्छाैं

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले धक्का खाएपनि फेरि उठ्ने र प्रतिरोध गर्ने बताएका छन् । नेकपा एमाले पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अहिले एमाले अप्ठेरो परिस्थितिमा रहेको स्वीकार गर्दै उठ्ने र प्रतिवाद गर्ने चेतावनी दिएका हुन् । 


    images

    ‘हामी कठिनाइमा छौं । यतिबेला कठिनाइमा छौं । कठिनाइ भनेको जीवनमा आइपर्ने चिज हो । निर्जिव तत्वलाई कहिल्यै कठिनाइ पर्दैन,’ ओलीले भने, ‘हाम्रो पार्टीलाई कठिनाइ आएको छ भनेको हामी जीवित छौं । हामीले धक्का खाएका छौं । हामी पछारिएका हौंला तर हामी जीवित छौं । हामी उठ्छौं । हामी प्रतिवाद गर्छौं । हामी प्रतिरोध पनि गर्छौं ।’

     

    उनले थुप्रैपटक आफ्नो पार्टीमाथि हमला भएको भन्दै त्यसबारे बुझ्न आग्रह गरे । ‘यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो । सबैभन्दा ठूलो गठजोठका साथ हमला भयो,’ ओलीले भने ।

    आफ्नो पार्टीले प्रगति गर्न खोज्दा हमला भएको उनको भनाइ थियो । पार्टीका कार्यकर्ता पङ्क्तिको निम्ति एउटा परीक्षाको घडी जस्तै अवस्था आएको बताए। उनले आँट गर्न आफूहरू उठ्ने बताए।
    उनले थपे, ‘माओत्सेतुङको एउटा भनाइ छ, जसले हिम्मत गर्छ, आँट गर्छ, त्यसले मात्रै बादशाहलाई घोडाबाट झार्न सक्छ। कायरहरूले घोडाबाट बादशाहलाई झार्न सक्दैनन्। हिम्मतिलाहरूले मात्रै सङ्घर्ष अगाडि बढाउन सक्छन्। हिम्मत भनेको सजिला बेलामा त जसले पनि देखाउँछ। अप्ठ्यारो परिस्थिति आयो भने खुट्टा हेर्नुपर्छ, कामेको छ कि छैन त्यतिबेला थाहा हुन्छ।’

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार