२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

मेक्सिकोविरुद्धको खेलमा इङ्गल्यान्डका खेलाडीलाई ‘भियाग्रा’ प्रयोग गर्न अनुमति

मेक्सिकोविरुद्धको खेलमा इङ्गल्यान्डका खेलाडीलाई ‘भियाग्रा’ प्रयोग गर्न अनुमति

साझा पोष्ट
आइतबार, असार २१ २०८३
  • images
    images
    मेक्सिकोविरुद्धको खेलमा इङ्गल्यान्डका खेलाडीलाई ‘भियाग्रा’ प्रयोग गर्न अनुमति

    काठमाडौं । सोमवार बिहान मेक्सिकोविरुद्ध हुने खेलका क्रममा इङ्गल्यान्डका खेलाडीले भियाग्रा प्रयोग गर्न पाउने भएका छन् । 


    images

    बेलायती पत्रिका द सनका अनुसार मेडिकल स्टाफले खेलाडीहरूलाई भियाग्रा खाने अनुमति दिएका हुन् । २२ सय मिटरभन्दा माथिको उचाइमा खेल हुने भएपछि चिकित्सकीय सल्लाह बमोजिम अल्टिट्युड सिकनेससँग जुध्न उनीहरूले भियाग्रा प्रयोग गर्न पाउने भएका हुन् । विभिन्न अध्ययन अनुसार भियाग्राले फोक्सोको रक्तचाप कम गर्न मद्दत गर्छ । जसका कारण धेरै उचाइ भएको स्थानमा हुने थकान र रिंगटा लाग्ने समस्या कम हुन्छ ।

    यौन दुर्बलताका लागि प्रयोग गरिने यो औषधि विश्व एन्टी-डोपिङ एजेन्सीको सन् २०२६ को प्रतिबन्धित औषधिको सूचीमा छैन । 

    इङ्गल्याण्डका खेलाडीहरूले यो औषधि प्रयोग गर्नेबारे केही बताएका छैनन् । तर, प्रशिक्षक थोमस टुचेल भने मेक्सिकोको भौगोलिक कठिनाइसँग जुध्न सबैखाले उपाय लगाउने तयारीमा छन् ।

    इङ्गल्याण्ड र मेक्सिकोबीच भोलि बिहान पौने ६ बजे अन्तिम १६ को खेल हुँदैछ । यो खेल ऐतिहासिक ‘एज्टेका’ रंगशालामा हुँदैछ । यो रंगशाला समुद्री सतहबाट २,२०० मिटरभन्दा माथिको उचाइमा छ ।

    यति धेरै उचाइमा बल निकै तीव्र गतिमा हावामा उड्छ र मैदानमा दौडधुप गर्न खेलाडीहरूलाई निकै कठिन हुन्छ । यस्तो उचाइमा हावामा अक्सिजन कम हुने भएकाले खेलाडीहरूलाई छिट्टै थकान हुने, सास फेर्न गाह्रो हुने समस्या आउन सक्छ । मेक्सिकोका खेलाडीहरू यो उचाइमा खेल्न अभ्यस्त छन् । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार