काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको विधानमा परिमार्जन गरेर सभापतिलाई पार्टीबाट निर्वाचित प्रधानमन्त्री हटाउनसक्ने सम्मको अधिकार दिएको छ । सभापतिको निर्देशन पालना नगरे पार्टीको संसदीय दलको नेता (हाल प्रधानमन्त्री) स्वतः पदमुक्त हुने नयाँ प्रावधान थपिएको हो ।
पार्टी सभापतिको काम, कर्तव्य र अधिकारमा ‘संसदीय दलसँग समन्वय’ लाई वैचारिक तथा राजनीतिक नेतृत्वअन्तर्गत समावेश गरिएको छ । असार १२ गते सम्पन्न पहिलो महाधिवेशनले पारित गरेको पार्टी विधानको धारा ६८ मा संसदीय दलको नेतालाई पदमुक्त गर्ने व्यवस्था राखिएको हो।
बालेन शाहलाई प्रधानमन्त्री बनाउने घोषणा गरेर फागुन २१ को चुनावमा गएको रास्वपाले त्यसै अनुसार उनलाई संसदीय दल नेता बनाएको छ।पाको संसदीय दलको नेतामा प्रधानमन्त्री बालेन्द्र शाह छन् ।
पार्टीले संसदीय दलसँग समन्वय गर्ने अधिकार सभापतिलाई दिएको छ । त्यस पार्टी सभापति संसदीय दलको नेता नरहेको अवस्थामा संसदमा पार्टीको आधिकारिक नीति, सिद्धान्त, निर्णय र दृष्टिकोण प्रभावकारी प्रतिनिधित्व तथा कार्यान्वयनका लागि संसदीय दललाई आवश्यक मार्गनिर्देशन प्रदान गर्ने कार्य सभापतिको अधिकार तोकिएको छ ।
सभापतिले दिएको मार्गनिर्देशनको पालना संसदीय दल, संसदीय दलको नेता तथा सदस्यहरुको अनिवार्य कर्तव्य हुने विधानमा उल्लेख छ ।
विधान अनुसार सभापतिले दिएका निर्देशन संसदीय दलका नेता रहेका प्रधानमन्त्री बालेनसहित सबै रास्वपा सांसदले पालना गर्नुपर्दछ । सभापतिले दिएको निर्देशन पालना नगरे पदमुक्त गर्नसक्ने व्यवस्था विधानमा राखिएको छ ।
सभापतिलाई दिइएको यो अधिकार अनुसार उनले संसदीय दलको नेतालाई पदमुक्त गर्न सकिने व्यवस्था विधानको दफा ६८ (१–ङ ) मा राखिएको छ ।
संसदीय दलको नेतालाई पदमुक्त गर्न सकिने विधानको व्यवस्थामा भनिएको छ, ‘यस विधानको ११(क) को ३ अनुुसार पार्टी सभापतिले दिएको नीतिगत मार्गनिर्देशन पालना नगरेमा ।’ विधानको ११ (क) को ३ संसदीय दललाई सभपतिले नीतिगन मार्गनिर्देशन दिने व्यवस्था छ ।
विधानको उक्त विधि उल्लंघन गरे सभापतिले संसदीय दलको नेता हटाउन सकिने गरी प्रावधान राखिएको छ ।
हेर्नुस् विधानको व्यवस्था :


