काठमाडौं । बेल्जियम फिफा विश्वकप २०२६ क्वाटरफाइनलमा प्रवेश गरेको छ। भर्खरै सम्पन्न खेलमा सह–आयोजक अमेरिकालाई ४–१ गोलले हराउँदै बेल्जियमले अन्तिम ८ मा स्थान बनाएको हो।
बेल्जियमको फराकिलो जितमा चार्ल्स डे केटेलारेले दुई तथा हान्स भानाकेन र रोमेलु लुकाकुले एक–एक गोल गरे।
खेलको नवौँ मिनेटमा चार्ल्स डे केटेलारेले पहिलो गोल गरेका थिए । अमेरिकाका मलिक टिलिमेनले ३१ औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए ।
खेलको ३३ औँ मिनेटमा बेल्जियमका चार्ल्सले अर्को गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए । खेलको ५७ औँ मिनेटमा बेल्जियमका ह्यान्स भेनकेनले गोल गर्दै नतिजा ३-१ मा पुर्याए । दोस्रो हाफको इन्जुरी समयमा रोमेलु लुकाकुले गोल गरेसँगै बेल्जियम ४-१ ले विजयी भयो ।
अमेरिकाका मालिक टिलम्यानले एक गोल फर्काए। बेल्जियमले क्वाटरफाइनलमा स्पेनसँग खेल्नेछ। अमेरिका पराजित भएसँगै तीन वटै आयोजक प्रतियोगिताबाट बाहिरिएका छन्। क्यानडा र मेक्सिकोको विश्वकप यात्रा यसअघि नै सकिसकेको छ।


