२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा, संघर्षपूर्ण खेलमा इजिप्टमाथि ३-२ को पूनरागमन जित

अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा, संघर्षपूर्ण खेलमा इजिप्टमाथि ३-२ को पूनरागमन जित

साझा पोष्ट
मंगलबार, असार २३ २०८३
  • images
    images
    अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा, संघर्षपूर्ण खेलमा इजिप्टमाथि ३-२  को पूनरागमन जित

    काठमाडौं । साविक विजेता अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।  संघर्षपूर्ण खेलमा इजिप्टलाई  ३ -२ ले हराउँदै अर्जेन्टिना अन्तिम आठमा प्रवेश गरेको हो । 


    images

    ७९ मिनेटसम्म २–० ले पछाडि परेको अवस्थाबाट पुनरागमन गर्दै अर्जेन्टिनाले ३–२ को शानदार जित हासिल गर्यो । 

     खेलको पहिलो हाफको १५ औँ मिनेटमा इजिप्टले अग्रता लिएको थियो । यासिर इब्राहिमले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

    पहिलो हाफको १९ औँ मिनेटमा अर्जेन्टिनाले पेनाल्टीको मौका पाएको थियो । लियोनल मेस्सी चुक्दा पहिलो हाफमा अर्जेन्टिना गोलविहीन बन्यो ।

    दोस्रो हाफको ५७ औँ मिनेटमा इजिप्टका मोस्ताफा जिकोले गोल गरे  । भीएआर परीक्षणबाट इजिप्टले त्यसअघि फाउल गरेको देखाएसँगै गोलले मान्यता पाएन । त्यसपछि उनले ६६ औँ मिनेटमा गोल गर्दै नतिजा २-० को स्थितिमा ल्याए ।

    खेलको ७९ औँ मिनेटसम्म अर्जेन्टिना २-० ले पछि परेको थियो । ७९ औँ मिनेटमै अर्जेन्टिनाका क्रिष्टिन रोमेरोले अर्जेन्टिनाका लागि पहिलो गोल गरे ।

    ८३ औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै खेललाई बराबरीको स्थितिमा ल्याए । दोस्रो हाफको इन्जुरी समयको ९२ औँ मिनेटमा इन्जो फर्नान्डिजले गोल गर्दै खेल अर्जेन्टिनाको पक्षमा ल्याए ।

    क्वाटरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्याण्ड र कोलम्बोबीचको खेलबाट तय हुने विजेतासँग खेल्नेछ । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार