२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

दशैंपछि बालेन सरकार ढल्ने दुर्गा प्रसाईंको दाबी, सरकार टिकाएर देखाउन चुनौती

दशैंपछि बालेन सरकार ढल्ने दुर्गा प्रसाईंको दाबी, सरकार टिकाएर देखाउन चुनौती

साझा पोष्ट
आइतबार, असार २८ २०८३
  • images
    images
    दशैंपछि बालेन सरकार ढल्ने दुर्गा प्रसाईंको दाबी, सरकार टिकाएर देखाउन चुनौती

    काठमाडौं । राजावादी अभियन्त्ता तथा व्यवसायी दुर्गा प्रसाईँले वालेन्द्र शाह नेतृत्वको सरकार दसैँसम्म मात्र टिक्ने दाबी गरेका छन् ।
    पत्रकार सम्मेलन गरी प्रसाईंले दशैंपछि बालेन सरकार ढल्ने भविष्यवाणी गरेका हुन् ।  झापाबाट काठमाडौं आउनासाथ निषेधित क्षेत्रमा सार्वजनिक अभिव्यक्ति दिन नपाइने भन्दै प्रहरीले नियन्त्रणमा लिई घरमा लगेर छाडेका प्रसाईँले घरमै पत्रकार सम्मेलन गरी सरकार जुन बाटो आएको त्यही बाटो जाने दाबी गरे ।


    images


     ‘दसैँसम्म हेर तिमीहरू । दसैँसम्म टिकाओ । जुनबाटो आएको थियो त्यही बाटो जान्छौ । जुन तरिकाले बम बारुद थुलो, आगोको लप्का थियो नि त्यही तरिकाले तिमीहरू जाँदैछौ । सिकाएको तिमीहरूले नै हो । अर्काको घरमा आगो लगाउन तिमीहरूले नै सिकाएका हैनौ ?’ उनले भने । 

    वालेन सरकार अल्गोरिदम कब्जा गरेर फाँसिवाद ल्याउनतिर लागेको उनले ठोकुवा गरे । ‘बोल्नै नहुने भएको छ । गणेशले जरिवाना तिर्न नसकेर आत्मदाह ग¥यो भन्दैछन् घण्टेहरू । उनीहरूजस्तो लुटेरा हो ? यस्तो त राक्षसहरूको भूगोलमा पनि हुँदैन । अब अल्गोरिदम हाम्रो पक्षमा आउँछ । हाम्रो अभियानले सार्थकता पाउँछ ।’

    उनले यो व्यवस्थाले नागरिकलाई आफैँमाथि पेट्रोल खन्याएर मर्ने बनाएको भन्दै आफूहरूले गरीखान देऊमात्र भनेको बताए ।

    उनले आफू भँडुवा भन्दै सरकारले धरपकड गरिरहेको र फसाउन लागिरहेको भन्दै त्यो सफल नहुने बताए ।

    प्रसाईँले भने, ‘दुर्गा प्रसाईँले बोल्छ भनेर भँडुवा भनेको छ उचालेर हिँड्यो भनेको छ । सुकुमबासीलाई मैले खोलामा हालेको हो ? गणेशलाई मर्ने मैले बनाइदिएको हो ?’

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार