२०८३, भदौ १ गते

सोमबार, भदौ १ गते २०८३

सोमबार, भदौ १ गते २०८३

सरकारले मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्म प्रदर्शन गर्न अनुमति नदिने

सरकारले मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्म प्रदर्शन गर्न अनुमति नदिने

साझा पोष्ट
मंगलबार, असार ३० २०८३
  • images
    images
    सरकारले मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्म प्रदर्शन गर्न अनुमति नदिने

    काठमाडौं । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध पार्ने कथावस्तुका फिल्मलाई मुलुकभित्र प्रदर्शन अनुमति नदिने भएको छ।


    images

    सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत श्रव्यदृश्य तथा प्रसारण शाखाले चलचित्र विकास बोर्डलाई निर्देशनसहितको पत्र लेख्दै त्यस्ता खालका फिल्मलाई केन्द्रीय चलचित्र जाँच समितिले प्रदर्शन अनुमति नदिने जनाएको हो।


    जाँच समितिले जाँचको लागि सिफारिस गर्ने निकाय चलचित्र विकास बोर्डलाई चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन २०२६ को दफा ८(३) को स्मरण गराएको छ।

    उक्त दफामा ‘कुनै चलचित्र वा त्यसको कुनै भाग नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध पार्ने देखिएमा त्यस्तो चलचित्रलाई प्रदर्शन गर्न चलचित्र जाँच समितिले अनुमति दिने छैन’ भनिएको छ।


    यो प्रावधानलाई पूर्ण रूपमा पालना गर्नुपर्ने बताउँदै मन्त्रालयले चलचित्र जाँचपासको लागि प्राप्त भएमा उक्त ऐनको दफा ८ (३) बमोजिम चलचित्र जाँच समितिबाट अनुमति दिन नसकिने व्यहोराबारे मन्त्रालयले पत्रमा उल्लेख गरेको छ।

    यसबारे निर्माता, वितरक र सरोकारवाला सबैलाई पत्राचार तथा आवश्यक समन्वय गर्न समेत मन्त्रालयले निर्देशन दिएको छ।

    गतसाता आलिया भट्ट अभिनीत भारतीय फिल्म ‘अल्फा’बारे विवाद भएको पृष्ठभूमिमा मन्त्रालयले यस्तो निर्णय गरेको हो।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार