२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

हङकङलाई १ सय ८१ रनले हराउँदै नेपाल एसिसी महिला यु १९ प्रिमियर कपको क्वार्टरफाइनलमा

हङकङलाई १ सय ८१ रनले हराउँदै नेपाल एसिसी महिला यु १९ प्रिमियर कपको क्वार्टरफाइनलमा

कप्तान सोनी पाख्रिनको अलराउण्ड प्रदर्शन

साझा पोष्ट
मंगलबार, असार ३० २०८३
  • images
    images
    हङकङलाई १ सय ८१ रनले हराउँदै नेपाल एसिसी महिला यु १९ प्रिमियर कपको क्वार्टरफाइनलमा

    काठमाडौं ।  कप्तान सोनी पाख्रिनको उत्कृष्ट अल राउन्ड प्रदर्शनमा नेपालले हङकङलाई १ सय ८१ रनको फराकिलो अन्तरले हराउँदै नेपाल   मलेसियामा जारी एसिसी महिला यु १९ प्रिमियर कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। 


    images


    लगातार तेस्रो जितसँगै समूह 'डी'को विजेताका रुपमा नेपाल क्वार्टरफाइनल प्रवेश गरेको हो ।  नेपालले बलिङ र ब्याटिङ दुवैमा हङकङलाई कुनै मौका दिएन ।जितको लागि २ सय १२ रनको विशाल लक्ष्य पछाएको हङकङ २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ३९ रनमा सीमित भयाे। वोङ‌ विङले १३ रन बाहेक अन्यले दोहोरो अंकमा रन छुन सकेनन्। 

    बलिङमा सोनीले ४ ओभरमा ४ रन मात्र दिएर ४ विकेट लिइन्।‌ मनिषा उपाध्यायले २ विकेट लिइन्। 


    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सोनी र सावित्री धामीको उत्कृष्ट ब्याटिङमा २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ११ रन बनाएकाे थियाे । 

    ओपनर साना प्रवीण ४ रनमा आउट हुँदा नेपालले ६ रन बनाएको थियो। तर यसपछि दोस्रो विकेटका लागि सावित्री धामी र सोनीले १ सय ३६ रनको सानदार साझेदारी गर्दै नेपालको इनिङसलाई ठुलो योगफलतर्फ डोर्याए।

    सावित्रीले ५२ रन जोडिन्। उनको यो लगातार तेस्रो अर्धशतक हो। यसअघि कतार र सिंगापुरविरूद्ध पनि उनले अर्धशतक बनाएकी थिइन्। 
     

    सोनीले भने ९० रनको प्रभावशाली प्रदर्शन गरिन्। उनले ६० बल खेल्दै १३ चौका र १ छक्का प्रहार गरिन्। उनले चौका र छक्काबाट मात्र ५८ रन जोडिन्। शतक नजिक पुगेकी सोनी आर्जु फतिमाको बलमा आउट भइन्। 

    अलिसा कुमारी यादव अविजित २३ रनमा रहिन्। उनले १२ बल खेल्दै ३ चौका प्रहार गरिन्।बलिङमा निम्ब्रा अरबले २, आर्जु फतिमा र वोङ‌ विङले १/१ विकेट लिए।

    नेपाल यसअघि पहिलो खेलमा कतारलाई १ सय ५ र दोस्रो खेलमा सिंगापुरलाई १ सय ५१ रनले हराएको थियो।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार