२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

विश्वकप फूटबल: पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन भीड्दै

विश्वकप फूटबल: पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन भीड्दै

साझा पोष्ट
मंगलबार, असार ३० २०८३
  • images
    images
    विश्वकप फूटबल:  पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन भीड्दै

    काठमाडौं । फिफा विश्वकप–२०२६ को पहिलो सेमिफाइनलमा  उपाधिका प्रमुख दाबेदार फ्रान्स र स्पेन आमनेसामने हुँदै छन् ।


    images

    विश्व फुटबलका यी दुई युरोपेली महाशक्तिबीचको खेल अमेरिकाको ड्यालस स्टेडियममा नेपाली समयअनुसार, मंगलबार राति १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ । दुवै टोलीमा विश्वस्तरीय खेलाडीहरूको उपस्थिति रहेकाले खेल उच्च प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
    फ्रान्सले क्वार्टरफाइनलमा मोरक्कोलाई २–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो। प्रतियोगिताभर सन्तुलित आक्रमण र मजबुत रक्षात्मक प्रदर्शन गरेको फ्रान्स लगातार अर्को विश्वकप फाइनल पुग्ने लक्ष्यमा छ।

    यता स्पेनले क्वार्टरफाइनलमा बेल्जियमलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। युवा खेलाडीको  प्रदर्शन, प्रभावशाली मिडफिल्ड र बल नियन्त्रणमा आधारित खेलशैली स्पेनको मुख्य शक्ति हाे । 

    प्रतियोगिताको सबैभन्दा बलियो रक्षापंक्ति भएको स्पेनको सामना  एम्बाप्पे, उस्मान डेम्बेले र माइकल ओलिसे रहेको फ्रान्सको शक्तिशाली फरवार्ड लाइनसँग हुनेछ । 

    हेड टू हेडमा स्पेन हावी 

    हेड–टु–हेड तथ्यांकमा स्पेन फ्रान्सभन्दा केही अघि देखिन्छ । दुई टिमबीच भएका ३८ खेलमध्ये स्पेनले १८ जितेको छ, सात बराबरी खेलेको छ भने फ्रान्सले १३ खेल जितेको छ ।

    पछिल्ला दुई भेटमा पनि स्पेनले नै जित निकालेको छ । सन् २०२५ को नेसन्स लिग सेमिफाइनलमा ५–४ को रोमाञ्चक जित निकालेको स्पेनले त्यसअघि सन् २०२४ को युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा पनि फ्रान्सलाई २–१ ले हराएको थियो ।

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार