काठमाडौं । एसिसी महिला यु–१९ प्रिमियर कपको सेमिफाइनलमा पुगेसँगै नेपाल एसिया कपका लागि छनोट भएको छ ।
मलेसियामा जारी प्रिमियर कपमा आज जापानलाई ९ विकेटको फराकिलो अन्तरमा हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो।
पहिले बलिङ गरेको नेपालले जापानलाई ८६ रनमा अलआउट गरेको थियो । नेपालका लागि रिया शर्मा र क्रिस्मा गुरुङले २-२ विकेट लिए । अनु कठायत, मनिषा उपाध्याय र सोनी पाख्रीनले १(१ विकेट बाँडे ।
जवाफी ब्याटिङमा नेपालले ११।२ ओभरमा १ विकेट मात्रै गुमाएर लक्ष्य भेट्यो । नेपालकी ओपनर साना प्रविण १६ बलमा १८ रन बनाएर आउट भइन् । सावित्री धामीले ३२ बलमा ४१ रन र कप्तान सोनी पाख्रीनले २२ बलमा १८ रन बनाएर अविजित रहे ।
नेपालले समूह चरणमा यसअघि सिंगापुर र हङकङलाई पराजित गरेको थियो । सेमिफाइनलमा नेपालले यूएईसित प्रतिस्पर्धा गर्नेछ ।इन्डोनेसिया र थाइल्याण्डबीच अर्को सेमिफाइनल हुनेछ। यी चारै राष्ट्र युु–१९ एसिया कपमा छनोट भएका छन्।


