२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

सबै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने तयारीमा कांग्रेस, नेकपासँग छलफल

सबै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने तयारीमा कांग्रेस, नेकपासँग छलफल

साझा पोष्ट
बुधबार, असार ३१ २०८३
  • images
    images
    सबै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने तयारीमा कांग्रेस, नेकपासँग छलफल

    काठमाडौं । नेपाली कांग्रेसले सातवटै प्रदेशमा नेकपा एमालेसँगको सहकार्य तोड्ने तयारी गरेको छ । शीर्ष नेताहरूबीच निरन्तर भएको छलफलमा सहमति जुट्न नसकेपछि एमालेसँगको सहकार्यबाट कांग्रेस पछि हट्ने भएको हो ।


    images

    पुरानो समीकरण उपयुक्त नभएकाले अब नयाँ समीकरणमा जाने तयारी भैरहेको एक पदाधिकारीले जानकारी दिए । 
    दुई वर्षअघि दुई दलबिच भएको ७ बुँदे सहमतिको पालना हुन नसक्दा प्रदेशको गठबन्धन भत्किएको हो । 
    ‘सातवटै प्रदेशबाट फिर्ता हुने तयारी भइरहेको छ । पुरानो समीकरण उपयुक्त नभएकाले अब नयाँ समीकरणमा जाने तयारीस्वरुप यस्तो निर्णयमा पुगेका हौँ,’ कांग्रेसका एक पदाधिकारीले  भने । 

    गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसले एमालेबाट पूर्वसहमति पालना हुन नसकेको निष्कर्ष निकाल्दै गठबन्धन तोड्न प्रदेश कमिटीहरूलाई अनौपचारिक निर्देशन नै दिइसकेको दिएको छ ।

    बुधबार मात्र कर्णाली सरकारबाट कांग्रेसका मन्त्रीहरूले राजीनामा दिए भने सुदूरपश्चिम प्रदेश सरकारमा एमालेका मन्त्रीहरूलाई बर्खास्त गरिएको छ । कर्णालीमा एमालेको र सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकार छ । 

    कांग्रेसले नयाँ ढंगले सरकार बनाउन नेकपासँग छलफल पनि गरिरहेको छ । नेकपासँग सहमति जुटेमा प्रदेश सरकारमा बस्ने र सहमति नजुटे प्रतिपक्षमा बस्ने कांग्रेसको तयारी छ । 


    मधेश प्रदेशमा कृष्णप्रसाद यादव, बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशमा सुरेन्द्रराज पाण्डे, सुदूरपश्चिम प्रदेशमा कमलवहादुर शाह कांग्रेसका मुख्यमन्त्री छन् । बाँकी तीनवटा कोशी प्रदेशमा हिक्मतकुमार कार्की, लुम्बिनी प्रदेशमा चेतनाथ आचार्य र कर्णाली प्रदेशमा यामलाल कँडेल मुख्यमन्त्री छन् ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार