२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना विश्वकपकाे फाइनलमा

इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना विश्वकपकाे फाइनलमा

साझा पोष्ट
बिहीबार , असार ३२ २०८३
  • images
    images
    इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना  विश्वकपकाे फाइनलमा

     काठमाडौं । सविक विजेता अर्जेन्टिना विश्वकप फूटबलको फाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डलाई २-१ ले हराउँदै अर्जेन्टिना उपाधि रक्षा नजिक पुगेको हो । अब उसले उपाधिका लागि स्पेनसँग खेल्नेछ । 


    images


    अमेरिकाको एटलान्टा स्टेडियममा  १ ० ले पछि परेको अवस्था उल्ट्याउँदै अर्जेन्टिना विजयी भयो । अर्जेन्टिनाका लागि एन्जो फर्नान्डेज र लौतारो मार्टिनेजले गोल गरे भने इंग्ल्याण्डका लागि एन्थोनी गोर्डनले गोल गरे ।

    खेलमा पहिलो अग्रता ईंग्ल्याण्डले लिएको थियो । ५५औँ मिनेटमा इंग्ल्यान्डका एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर एक गोल खाएर दबाबमा परेपनि आफ्नो खेल सुधार्दै ८५ औं मिनेटमा अर्जेन्टिनाले गोल फर्कायो ।

     कप्तान लियोनल मेसीको पासमा एन्जो फर्नान्डेजले उत्कृष्ट गोल गरेर खेल बराबरीमा ल्याए । त्यसपछि इन्जुरी समयमा लौतारो मार्टिनेजले विजयी गोल गरे । कप्तान मेस्सीको पासमा लौतारोले हेडरमार्फत गोल गर्दै नियमित समय भित्रै टोलीलाई जित दिलाउँदै फाइनल पुर्याए । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार