२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

पेलेले १९५८ को विश्वकप फाइनलमा लगाएको जर्सी ७५ करोडमा बिक्री

पेलेले १९५८ को विश्वकप फाइनलमा लगाएको जर्सी ७५ करोडमा बिक्री

साझा पोष्ट
शुक्रबार, साउन १ २०८३
  • images
    images
    पेलेले १९५८ को विश्वकप फाइनलमा लगाएको जर्सी ७५ करोडमा बिक्री

    पेलेले १९५८ को विश्वकप फाइनलमा लगाएको जर्सी ७५ करोडमा बिक्री काठमाडौं । ब्राजिलका महान फूटबलरपेलेले सन् १९५८ को विश्वकप फाइनलमा लगाएको जर्सी  ४.९ मिलियन डलर ( ७५ करोड ५६ लाख २९ हजार नेपाली रुपैयाँ ) मा बिक्री भएको छ ।


    images

    अमेरिकाको न्यु योर्कमा भएको लिलामीमा पेलेको जर्सी बिकेको हो । यो जर्सी फुटबल इतिहासमा बिक्री भएको दोस्रो सबैभन्दा महँगो हो ।  यसअघि डिएगो म्याराडोनाले सन् १९८६ को विश्वकपमा इंग्ल्यान्डविरुद्ध ‘ह्यान्ड अफ गड’ गोल गर्दा लगाएको अर्जेन्टिनाको जर्सी ७.१ मिलियन पाउन्डमा बिक्री भएको थियो ।

    पेलेको यो जर्सीमा १० वटा बोलपत्र परेको थियो । सन् २००४ मा यही जर्सी १ लाख ५ हजार ६ सय डलरमा बिक्री भएको थियो ।

    सन् १९५८ को विश्वकप फाइनलमा १७ वर्षीय पेलेले स्वीडेनविरुद्ध दुई गोल गर्दै ब्राजिललाई पहिलो विश्वकप उपाधि जिताएका थिए । उनको विश्वकप फाइनलमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान अझै कायम छ ।

    यही लिलामीमा माराडोनाले १९८६ विश्वकपमा लगाएको कप्तानी आर्मब्यान्ड ५ लाख १२ हजार डलरमा, लियोनल मेस्सीले २०१७ मा बार्सिलोनाको पेरिस सेन्ट जर्मेनविरुद्धको ऐतिहासिक पुनरागमन खेलमा लगाएको जर्सी २ लाख १७ हजार ६ सय डलरमा र डेभिड बेकह्यामको इंग्ल्यान्डका लागि ५०औँ खेलमा लगाएको जर्सी ५१ हजार २ सय डलरमा बिक्री भएको बीबीसीले जनाएको छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार