२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

एमालेलाई एक्ल्याउने प्रयास भइरहेको छ: ओली

एमालेलाई एक्ल्याउने प्रयास भइरहेको छ: ओली

साझा पोष्ट
शुक्रबार, साउन १ २०८३
  • images
    images
    एमालेलाई एक्ल्याउने प्रयास भइरहेको छ: ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्। प्रदेश सरकारमा कांग्रेसले साथ छाडेको प्रसङ्गलाई लक्षित गर्दै उनले यस्तो बताएका छन्।


    images


    पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टीको वेबसाइट तथा एप नवीन संस्करण सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले आफूहरूले धक्का खाएको भए पनि सिद्दिएकै अवस्था भने नभएको बताए । 


     ‘हामीले धक्का खाएका छौं । धक्का खाएको हो, सिद्दिएको होइन । हामी नवीकृत भएर अघि बढ्नेछौं भन्ने कुराको संकेत यो हो,’ ओलीले भने, ‘हामीलाई एक्लाउने प्रयासहरू अझै बढी निरन्तर अघि बढिरहेकै छन् । एक्ल्याउने प्रयास अघि बढिरहेका छन् ।’

    आँधी, हुरी, तुफान, बाढी लगायत धेरैसँग सामना गर्दै आएको पार्टी एमाले भएको बताउँदै उनले कसैलाई नसमाति अघि बढ्नै नसक्ने भने नहुने जिकिर गरे ।

    ‘हामी यस्तो लहरो होइन, जसले अर्कालाई नसमातिकन उठ्नै सक्दैन । हामी एउटा स्वतन्त्र वृक्ष हौं । दह्रो, मजबुत र विशाल वृक्ष हो । अरुको बलमा उभिएका पनि होइन,’ उनले भने, ‘आफैं हुर्किंदै, आँधी हुरी तुफान बाढी अनेक चिजहरूसँग सामना गरेर आएका छौं । तर, अर्को कसैलाई नसमातिकन उठ्नै नसक्नेखालको त्यान्द्रो होइन, एमाले । एमाले आफू एउटा स्वतन्त्र हैसियत भएको पार्टी हो ।’
    उनले एमाले आफ्नै खुट्टामा उभिएर चुनौतीका सामना गर्दै अगाडि बढ्ने बताए। एमाले परिस्थितिसँग आत्तिने पार्टी नभएको जिकिर गरे।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार