काठमाडौं । फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को तेस्रो बनेको छ ।यामी स्टेडियममा आइतबार बिहान भएको तेस्रो स्थानको खेलमा फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड तेस्रो बनेको हो पहिलो हाफमा ४-० को अग्रता लिएको इंग्ल्यान्डले दोस्रो हाफमा ४ गोल खाँदै २ गोल फर्कायो ।
पहिलो हाफमा निरिह जस्तो बनेको फ्रान्सले दोस्रो हाफमा १२ मिनेट भित्र ४ गोल हान्यो । इंग्ल्यान्डको जितमा बुकायो शाकाले ह्याट्रिक गरे। खेलको पहिलो हाफमा दुई गोल गरेका शाकाले खेलको ८७औँ मिनेटमा पेनाल्टीमार्फत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्।
खेलको तेस्रो मिनेटमै राइसले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए। खेलको १८औँ मिनेटमा कोन्शाले हेडरमार्फत गोल गर्दै इंग्ल्यान्डलाई दुई गोलको अग्रता दिलाए।
शाकाले ३७औँ मिनेटमा इंग्ल्यान्डको लागि तेस्रो गोल गरे। पहिलो हाफको इन्जुरी समयमा उनैले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई पहिलो हाफमै चार गोलको अग्रता दिलाएका थिए।
दोस्रो हाफमा फ्रान्सले लगातार तीन गोल फर्काएको थियो। ४८औँ मिनेटमा कप्तान किलियन एमबाप्पेले फ्रान्सका लागि पहिलो गोल गरे। फ्रान्सका ब्राडली बारकोलाले ५४औँ मिनेटमा र कप्तान एमबाप्पेले ६६औँ मिनेटमा गोल गर्दै खेललाई ४–३ को स्थितिमा ल्याए।
खेलको ८७औँ मिनेटमा इंग्ल्यान्डका शाकाले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ५-३ को अवस्थामा ल्याए। दोस्रो हाफको इन्जुरी समयमा उस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सलाई ४-५ को अवस्थामा ल्याएका थिए। इन्जुरी समयको अन्तिममा जुड बेलिंघमले गोल गर्दै इंग्ल्यान्डलाई ६–४ को जित दिलाएका हुन्।
इंग्ल्यान्डले सन् १९६६ मा विश्वकपको उपाधि जितेको थियो। त्यसयता यसपटक नै इंग्ल्यान्डले विश्वकपमा उत्कृष्ट स्थान हासिल गरेको हो। सन् २०१८ मा इंग्ल्यान्ड चौथो भएको थियो।


