काठमाडौं । स्पेनले १६ वर्षपछि फिफा विश्वकपको उपाधि जितेको छ । फिफा विश्वकप २०२६ को फाइनलमा साविक विजेता अर्जेन्टिनालाई शून्यकाविरुद्ध एक गोलले हराउँदै स्पेनले उपाधि जितेको हो ।
सन् २०१० को विजेता स्पेनलाई उपाधि जिताउन फरान टोरेसले अतिरिक्त समयमा गोल गरे । १० खेलाडिमा सीमित अर्जेन्टिनाविरुद्ध १०६ मिनेटमा टोरेसले निर्णायक गोल गरे । गोल खाएपछि केही राम्रा आक्रमण गरेपछि अर्जेन्टिनाले गोल गर्न सकेन् । खेल भर स्पेनले अर्जेन्टिनालाई दबाबमा राख्दै कयौं प्रहार गरेको थियो ।
तर ती आक्रमणलाई अर्जेन्टिनाका किपर इमी मार्टिनेजले असफल पारेका थिए । ९३ औं मिनेटमा इन्जो फर्नाण्डेज रातो कार्ड खाँदै बाहिरिएपछि अर्जेन्टिना १० खेलाडिमा सीमित भएको थियो ।
निर्धारित ९० मिनेटमा खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो, जहाँ स्पेनले बाजी मार्यो । कप्तान लिओनल मेस्सीकै नेतृत्वमा अर्जेन्टिना सन् २०१४ मा जर्मनीसँग १- ० ले पराजित भएको थियो ।
३९ वर्षीय लियोनल मेसीको लगातार दोस्रो विश्वकप जित्ने सपना भने अधुरै रह्यो। आठ पटकका बालोन डी’ओर विजेता मेसीले प्रतियोगिताभर आठ गोल र चार असिस्ट गरे पनि फाइनलमा स्पेनको सशक्त रक्षापङ्क्तिबीच प्रभाव जमाउन सकेनन्।
सन् २०२१ र २०२४ को कोपा अमेरिका तथा २०२२ को विश्वकप जितेको अर्जेन्टिनाले यसपटक भने प्रमुख प्रतियोगितामा पहिलो पटक उपाधिविहीन बन्नुपर्यो।
गोलकिपर एमिलियानो मार्टिनेजले ११ उत्कृष्ट बचाउ गरे पनि अर्जेन्टिनालाई ब्राजिलपछि लगातार दुई विश्वकप जित्ने पहिलो टोली बनाउने सपना पूरा हुन सकेन।
स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टे ६५ वर्षको उमेरमा विश्वकप जिताउने सबैभन्दा पाका प्रशिक्षक बने।
स्पेनले लगातार दबाब बनाए पनि अर्जेन्टिनाले रक्षात्मक खेल अपनायो। पटक–पटक खेल रोकिँदा र फाउल धेरै हुँदा फाइनल अपेक्षाअनुसार आकर्षक बन्न सकेन।


