२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

राजेश हमाल कर्णाली शिवराजको ब्रान्ड एम्बासडर, रवीन्द्र ढाँट 'फेस अफ कर्णाली', अरु के के भए ?

राजेश हमाल कर्णाली शिवराजको ब्रान्ड एम्बासडर, रवीन्द्र ढाँट 'फेस अफ कर्णाली', अरु के के भए ?

साझा पोष्ट
शुक्रबार, साउन ८ २०८३
  • images
    images
    राजेश हमाल कर्णाली शिवराजको ब्रान्ड एम्बासडर, रवीन्द्र ढाँट 'फेस अफ कर्णाली', अरु के के भए ?

    काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को फ्रेन्चाइज टिम कर्णाली शिवराजले महानायक राजेश हमाललाई  आफ्नो ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । 
    शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कर्णाली शिवराजले यो जानकारी दिएको हो ।   हमाल यसअघि कर्णाली यसबिसका पनि ब्रान्ड एम्बासडर थिए । 


    images

    महानायक हमाललाई ब्रान्ड एम्बासडर बनाएको कर्णाली शिवराजले फेस अफ कर्णाली, ग्लोरी अफ कर्णाली र क्विन्स अफ कर्णाली पनि सार्वजनिक गरेको छ । कर्णाली शिवराजको क्विन्स अफ कर्णालीमा राष्ट्रिय महिला भलिबल टिमका सदस्य प्रगति नाथ र कामना विष्ट छन् । प्रगति न्यु डायमन्ड स्पोर्ट्स क्लब र कामना विभागीय टिम नेपाल पुलिस क्लबमा आवद्ध छन् । यस्तै, ग्लोरी अफ कर्णालीका रूपमा कर्णाली यसबिसकी मार्की खेलाडी तथा कप्तान सुमित्रा रेग्मीलाई प्रस्तुत गरिएको छ ।

    राष्ट्रिय टिमकी मिडब्लकर सुमित्रा पनि न्यु डायमन्ड स्पोर्ट्स क्लबकै खेलाडी हुन् । उनकै नेतृत्वमा कर्णाली यसबिसले लगातार दुई संस्करण महिला भलिबल लिगको उपाधि जितेको थियो । कर्णाली शिवराजले फेस अफ कर्णालीका रूपमा मिक्स मार्सल आर्ट्सका चर्चित फाइटर रवीन्द्र ढाँटलाई अनुबन्ध गरेको छ ।

    ‘बझाङ्गी बाघ’का रुपमा समेत परिचित रवीन्द्र व्यावसायिक फाइटका लागि हाल इन्डोनेसियामा छन् । तर रवीन्द्रले भिडियो सन्देश पठाउँदै कर्णाली शिवराजको नेपाल भलिबल लिगमा बलियो उपस्थिति रहने विश्वास व्यक्त गर्दै टिमको सफलताको कामना गरेका थिए । कार्यक्रममा कर्णाली शिवराजले आधिकारिक थिम सङ पनि सार्वजनिक गरेको थियो ।

    नेपाल भलिबल लिग भदौ १२ देखि २० सम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा हुँदै छ । पुरुषतर्फ पहिलोपटक हुन लागेको फ्रेन्चाइज भलिबल लिगमा ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । कर्णाली शिवराजले यसअघि विभागीय टिम नेपाल पुलिस क्लबका पहल गहतराजलाई मार्की खेलाडीका रूपमा घोषणा गरेको थियो । कर्णाली शिवराजको मुख्य प्रशिक्षक विभागीय टिम नेपाल पुलिस क्लबका चन्द्रबहादुर कुँवरलाई बनाइएको छ । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार