२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

एमबीएसको प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन गर्न समिति गठन

एमबीएसको प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन गर्न समिति गठन

साझा पोष्ट
आइतबार, साउन १० २०८३
  • images
    images
    एमबीएसको प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन गर्न समिति गठन

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एमबीएस प्रथम सत्रको प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन गर्न समिति बनाएको छ ।


    images

    त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय डीनको कार्यालय, परीक्षा सञ्चालन समितिले समिति बनाएको हो ।
    ८ साउनमा एमजीटी विषयको प्रश्नपत्र परीक्षा सञ्चालनकै क्रममा बाहिरिएको थियो । त्यही विषयमा छानबिन गर्न समिति बनेको हो । 


    ‘परीक्षा सञ्चालनकै क्रममा विभिन्न सामाजिक सञ्जाल मार्फत प्रश्नपत्र सार्वजनिक भई परीक्षाको मर्यादा र विश्वसनियतामा गम्भीर प्रश्न खडा भएको हुँदा यस व्यवस्थापन संकाय डीन कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार