२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

गृहमन्त्री गुरुङले आज सिरहा गएर मृतकका परिवारलाई भेट्ने

गृहमन्त्री गुरुङले आज सिरहा गएर मृतकका परिवारलाई भेट्ने

साझा पोष्ट
शुक्रबार, साउन १५ २०८३
  • images
    images
    गृहमन्त्री गुरुङले आज सिरहा गएर मृतकका परिवारलाई भेट्ने

    काठमाडौं,साउन १५ । गृहमन्त्री सुधन गुरुङ आज सिरहा गएर मृतकका आफन्तलाई भेट्ने भएका छन् ।


    images

    सुनसरीको देवानगञ्जमा उनले यो जानकारी दिएका हुन् । विहीबार राति गृहमन्त्री गुरुङले देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा मृतकका आफन्तलाई भेटेका थिए । उनको उपस्थितिमा मृतकका परिवारसँग सात बुँदे सम्झौतामा हस्ताक्षर समेत भएको छ ।

    सम्झौता गरेर  विराटनगर पुगेका उनी  सिरहा जाने कार्यक्रम तय भएको छ ।


    सुनसरीमा भएको हिंसात्मक घटनाको विरोध चर्किँदा बिहीबार मधेश प्रदेशका जिल्ला समेत अशान्त छन् । सिरहामा प्रहरीको गोली लागेर धनगढीमाई नगरपालिका–तुलसियाही निवासी रामवृक्ष यादवका छोरा गणेश यादवको मृत्यु भएको थियो ।

    गृहमन्त्री गुरुङले आज यादव परिवारलाई भेट्ने र जिल्लाको पछिल्लो अवस्थाबारे प्रहरी प्रशासनका अधिकारीहरुबाट जानकारी लिने कार्यक्रम छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार