२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

'तपाईंको स्थिरता कहिले ?' प्रचण्डको जवाफः मरेपछि (भिडियो)

'तपाईंको स्थिरता कहिले ?' प्रचण्डको जवाफः मरेपछि (भिडियो)

साझा पोष्ट
सोमबार, साउन १८ २०८३
  • images
    images
    'तपाईंको स्थिरता कहिले ?'  प्रचण्डको जवाफः मरेपछि (भिडियो)

    काठमाडौं,साउन १८ । सामान्यतः नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्रकारका प्रश्नको सहजै जवाफ दिन्छन, मन नपरेपनि उनी त्यसलाई देखाउँदैनन र सहजै जवाफ फर्काउँछन, तर आज पत्रकारको एउटा प्रश्नमा नराम्ररी भड्किए । र, जवाफ पनि त्यसै गरी दिए । 


    images

    एक विचार गोष्ठीमा सहभागी हुन जाने क्रममा पछ्याउँदै पत्रकार (युट्यूवर)ले उनलाई राजनीतिक सहकार्यबारे प्रश्न सोधेका थिए ।

    मोबाइल तेर्स्याउँदै युट्यूबरले  ‘तपाई अहिले नयाँ सहकार्य गर्दै हुनुहुन्छ, कस्तो भइराखेको छ ? ’ भनेर सोधे । प्रचण्डले पछाडि नफर्की  हिँड्दै छोटो जवाफ दिए, ‘हामी धेरैसँग सहकार्य गर्दैछौं ।’
    तर 

    युट्यूवरले सोधे अनुसारको जवाफ नपाएपछि थप पछ्याए ।  पछ्याउँदै उनले फेरि सोधे– ‘तर तपाईंले कहिले कांग्रेस, कहिले एमालेसँग सहकार्य गर्नुहुन्छ, यसको विषयमा भन्दिनुस न ।’

    प्रचण्ड नसुनेझैं गरेर अघि बढे । तर युट्यूवरले छोड्ने छाँट देखाएनन उनी प्रचण्डको पछि लागेर हलभित्रै पसे र फेरि मोबाईल अगाडि सार्दै सोधे – प्रचण्डजी, सुन्नुस न । जहिले पनि तपाई एमाले, कांग्रेस, माओवादीमा जानुहुन्छ । तपाईंको स्थिरता चाहीँ कहले हुन्छ प्रचण्डजी ? ’

    यसपाली भने प्रचण्ड आक्रोशित देखिए । उनी उत्तेजित हुँदै फनक्क पछाडि फर्किए र एक शब्दमा जवाफ दिए– मरेपछि ।'

    ">

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार