२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

ओलीसँग मुख्यमन्त्री हिक्मत कार्कीको अडानः अपमान नगर्नूस, पार्टी कमिटीबाट निर्णय नभएसम्म छोड्दिनँ

ओलीसँग मुख्यमन्त्री हिक्मत कार्कीको अडानः अपमान नगर्नूस, पार्टी कमिटीबाट निर्णय नभएसम्म छोड्दिनँ

साझा पोष्ट
बुधबार, साउन २० २०८३
  • images
    images
    ओलीसँग मुख्यमन्त्री हिक्मत कार्कीको अडानः अपमान नगर्नूस, पार्टी कमिटीबाट निर्णय नभएसम्म छोड्दिनँ

    काठमाडौं,साउन २० । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर राजीनामा नगर्ने अडान लिएका छन् ।


    images

    ओलीले कार्कीलाई गुण्डु नै बालाएर राजीनामा गर्न दबाव दिएपछि कार्कीले अस्वीकार गरेका हुन् । मंगलबार साँझ झण्डै एक घण्टा गुण्डुमा भएको छलफलमा मुख्यमन्त्री कार्कीले राजीनामा नदिने पुरानै अडान राखेका स्रोतले जनाएको छ । 
    उनले पार्टीको विधिसम्मत निर्णय भए त्यसलाई स्वीकार गर्ने, तर मौखिक आदेश वा अपमानित हुने गरी पद नछोड्ने स्पष्ट अडान राखेका हुन्।

    मंगलबार साँझ भक्तपुरको गुन्डुस्थित ओली निवासमा भएको ‘वान–टु–वान’ भेटमा कार्कीले पार्टी कमिटीबाट निर्णय गरेर हटाउन चुनौती दिएको एमाले स्रोतले जनाएको छ। स्रोतका अनुसार कार्कीले आफ्नो नेतृत्वमा रहेको सरकार परिवर्तन गर्नुपर्ने औचित्यमाथि नै प्रश्न उठाए। प्रदेश सरकारको कार्यकाल सकिन केही महिना मात्रै बाँकी रहेको अवस्थामा आफूलाई किन हटाउन खोजिएको हो भन्ने जिज्ञासा उनले अध्यक्ष ओलीसमक्ष राखेका थिए।

    ‘केही महिना मात्रै बाँकी छँदा मैले अहिले मुख्यमन्त्री किन छोड्नुपर्‍यो? म बदनाम बनेँ कि? मैले केही काम गर्न सकिनँ कि ?’ कार्कीको भनाइ उद्धृत गर्दै एमालेका एक नेताले भने।  अहिलेको अवस्थामा मुख्यमन्त्री परिवर्तन गर्दा पार्टीभित्र र जनतामा सकारात्मक सन्देश नजाने र आफूले राजीनामा दिँदा संवैधानिक संकट निम्तने पनि कार्कीले बताएका स्राेतले जनाएकाे छ ।

    ‘मैले राजीनामा दिँदा संवैधानिक संकट निम्तन्छ, राजनीतिक सन्देश पनि राम्रो जाँदैन,’ कार्कीले भनेका थिए । 
     मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ (५) बमोजिम आफू मुख्यमन्त्री नियुक्त भएकाले राजीनामा दिदा संवैधानिक जटिलता आउने र राजनीतिक सन्देश पनि राम्रो सन्देश नजाने तर्क गरिरहेका छन् ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार