२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

ओली र लेखकलाई पक्राउ गरेकोमा माफी माग्न प्रधानमन्त्री र गृहमन्त्रीलाई शंकर पोखरेलको सुझाव

ओली र लेखकलाई पक्राउ गरेकोमा माफी माग्न प्रधानमन्त्री र गृहमन्त्रीलाई शंकर पोखरेलको सुझाव

साझा पोष्ट
बुधबार, साउन २० २०८३
  • images
    images
    ओली र लेखकलाई पक्राउ गरेकोमा माफी माग्न प्रधानमन्त्री र गृहमन्त्रीलाई शंकर पोखरेलको सुझाव

    बुटवल,साउन २० । नेकपा एमालेका महासचिव शंकर पोख्रलले सरकारको स्वेच्छाचारिता रोक्न सडकमा उत्रिने चेतावनी दिएका छन् । दाङमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै  एमाले महासचिवले पार्टी सरकारविरुद्ध सडकमा आउन तयार रहेको बताएका हुन् । तर सरकार गठन भएको ४ महिना मात्रै भएकाले विकल्पमा आफूहरूले नसोचेको पनि उनले बताए । 


    images


     ‘सरकारले काम गर्न सुरु गरेको चार महिनामा विकल्प खोज्नुपर्छ भन्ने ठाउँमा त पुगिसकेका छैनौँ। तर स्वेच्छाचारी ढङ्गले चलेका गतिविधिलाई रोक्नको लागि जनता फेरि सडकमा आउनुपर्ने स्थिति हुन सक्छ। हाम्रो पार्टी मुलुकको रक्षा, जनताका हितका लागि कार्यकर्ताहरूलाई जुनसुकै बेला सडकमा आउनुपर्ने हुन सक्छ, तयार भएर बस्नुस् भनेको छ।’ उनले भने । 

    प्रतिपक्षमा रहेका लोकतान्त्रिक पार्टीहरू मिलेर सरकारलाई गलत दिशामा जानबाट रोक्नुपर्ने बताए। भदौ २४ गतेको घटनासँग जोडेर तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेकाले सुनसरी घटनामा पनि अहिलेका प्रधानमन्त्री र गृहमन्त्री जिम्मेवार हुनुपर्ने बताए। उनले या त विगतमा गल्ती गरेको स्वीकारेर राजीनामा दिन वा माफी माग्न सुझाव पनि दिए । 


    उनले भने, ‘२४ गतेको घटनासँग जोडेर सुरक्षा निकायले बल प्रयोग गरेको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्छ भनियो। सुरक्षा निकायले गरेको बल प्रयोगको जिम्मा राजनीतिक नेतृत्वको हुन्छ भनेर तत्कालिक प्रधानमन्त्री र गृहमन्त्रीमाथि अभियोग लगाइयो। यो सरकारले आफ्नो समयमा भएको बल प्रयोगबाट भएका क्षतिका सन्दर्भमा उन्मुक्ति पाउन सक्दैन। या प्रधानमन्त्री र गृहमन्त्रीले विगतमा जे गर्‍यौँ, नबुझीकन गर्‍यौँ भनेर माफी माग्नुपर्‍यो। त्यसो नभए राजीनामा दिएर मुद्दा चलाउनका लागि बाटो खोलिदिनुपर्‍यो। दोहोरो मापदण्ड शासनमा हुँदैन।’

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार