२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

कोशीको मुख्यमन्त्रीमा कार्कीलेनै निरन्तरता पाउने, पछि हटे ओली

कोशीको मुख्यमन्त्रीमा कार्कीलेनै निरन्तरता पाउने, पछि हटे ओली

साझा पोष्ट
बुधबार, साउन २० २०८३
  • images
    images
    कोशीको मुख्यमन्त्रीमा कार्कीलेनै निरन्तरता पाउने, पछि हटे ओली

    काठमाडौं,साउन २० ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन् ।


    images

    भक्तपुरको गुन्डुमा भएको छलफलका क्रममा ओलीले तत्काललाई कार्कीलेनै मुख्यमन्त्रीमा निरन्तरता पाउने बताएका हुन् । 


     कार्कीले राजीनामा नदिने अडान राखेपछि उनकै नेतृत्वमा सरकारले निरन्तरता पाउने विषयमा ओली तत्कालका लागि सहमत भएका हुन् । 
     ‘मैले प्रदेश अध्यक्षको पनि कुरा सुनेँ, सचिवको कुरा पनि सुनेँ, तपाईंकै कुरा पनि सुनेँ,’ ओलीले भने, ‘हाललाई काम गर्दै गर्नुस् । पछि उपयुक्त निर्णय गरौंला ।’
    प्रदेश सरकारका विषयमा बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा मुख्यमन्त्री कार्की, पार्टीका कोशीका अध्यक्ष घनश्याम खतिवडा, सचिव राजकुमार भण्डारीबीच छलफलपछि तत्कालका लागि कार्कीकै नेतृत्वमा अघि बढ्ने निष्कर्ष निकालिएको एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडाले बताए ।

    उनले भने, ‘तत्कालका लागि हिक्मतजीले नै सरकारको नेतृत्व गर्नु हुनेछ । उपयुक्त समय आएपछि उहाँले छाड्नु हुनेछ ।’
    छलफलमा ओलीले आफूले छाड्न निर्देशन दिएका बेला मुख्यमन्त्रीसहित मन्त्रीहरूले राजीनामा दिनुपर्ने सर्त राखेका छन् ।

     

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार