२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

भोजिन्हा चिलीको चर्चित क्लब कोलो कोलोमा औपचारिकरुपमै अनुबन्धित

भोजिन्हा चिलीको चर्चित क्लब कोलो कोलोमा औपचारिकरुपमै अनुबन्धित

साझा पोष्ट
बिहीबार , साउन २१ २०८३
  • images
    images
    भोजिन्हा चिलीको चर्चित क्लब कोलो कोलोमा औपचारिकरुपमै अनुबन्धित

    काठमाडौं,साउन २१ । चिलीको प्रतिष्ठित फुटबल क्लव कोलो कोलोले क्याबो भर्डेका अनुभवी गोलरक्षक भोजिन्हालाई आधिकारिक रूपमा सार्वजनिक गरेको छ । सन् २०२६ को फिफा विश्वकपमा फुटबल प्रशंसकहरूद्वारा उत्कृष्ट गोलरक्षक चुनिएका ४० वर्षीय भोजिन्हालाई क्लबले आफ्नो नयाँ खेलाडीका रूपमा भित्र्याएको हो । जोसिमार जोसे एभोरा डियास वास्तविक नाम रहेका भोजिन्हालाई मंगलबार सान्टियागोस्थित मोनुमेन्टल डेभिड एरेलानो रंगशालामा आयोजित एक भव्य समारोहमा दर्जनौँ सञ्चारकर्मीमाझ सार्वजनिक गरियो । सो अवसरमा बोल्दै भोजिन्हाले फुटबलप्रतिको आफ्नो लगाव र क्लबप्रतिको प्रतिबद्धता व्यक्त गरे ।
     ‘फुटबल एक महान खेल हो र हामीले सबैको सम्मान गर्नुपर्छ । मलाई खेल्न र प्रशिक्षण गर्न निकै रुचि छ, त्यसैले म दैनिक रूपमा कडा मेहनत गर्नेछु । ४० वर्षको उमेरमा यहाँ हुनु मात्र मेरो उद्देश्य होइन; म कोलो कोलोका अध्यक्षले मप्रति राख्नुभएको विश्वासलाई हरेक दिन न्याय गर्नेछु। क्लबको लक्ष्य प्राप्तिमा सहयोग गर्न म आफ्नो तर्फबाट उच्चतम प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’ भाेजिन्हाले भने । 
    कोलो कोलो चिलीको  सबैभन्दा सफल फुटबल क्लव मानिन्छ । सन् १९९१ मा दक्षिण अमेरिकाको प्रतिष्ठित क्लव प्रतियोगिता कोपा लिबर्टाडोरेस जित्ने यो चिलीको एकमात्र टोली हो । हाल यो क्लब चिलीको प्राइमेरा डिभिजनको अंक तालिकामा १७ खेलबाट ४२ अंक बटुल्दै शिर्ष स्थानमा छ । कोलो कोलो दोस्रो स्थानमा रहेको युनिभर्सिडाड डे चिलीभन्दा १२ अंकले अगाडि छ ।


    images

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार