काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी विभाजित भएको छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वमाओवादी नेता जनार्दन शर्मा, पूर्वरास्वपाका नेता सन्तोष परियारलगायतले स्थापना गरेको पार्टी फूटेको हो ।
अध्यक्ष परिषद्मा रहेका दुर्गा सोब र सन्तोष परियारबिच छुट्टिने सहमति भएको छ ।
सहमति अनुसार बाबुराम भट्टराईले प्रलोपा स्थापना हुनअघि बनाएको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पुन: ब्यूँतिएको छ । यसको नेतृत्व दुर्गा सोबले गर्ने छिन् । यो पार्टीको चुनाव चिह्न आँखा नै हुने सहमति भएको छ ।
सन्तोष परियारको पार्टी प्रलोपा नै हुने छ ।


