२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

मिरज ढुंगाना लगायतलाई गृहमन्त्री गुरुङले दिए यस्ताे चेतावनी (भिडियो)

मिरज ढुंगाना लगायतलाई गृहमन्त्री गुरुङले दिए यस्ताे चेतावनी (भिडियो)

साझा पोष्ट
शुक्रबार, साउन २२ २०८३
  • images
    images
    मिरज ढुंगाना लगायतलाई गृहमन्त्री गुरुङले दिए यस्ताे चेतावनी (भिडियो)

    काठमाडौं,साउन २२ । गृहमन्त्री सुधन गुरुङले तीन चार जना जेनजीले मिरज ढुंगाना लगायतले जेनजीको रगतमाथि राजनीति गर्न खोजेको भन्दै त्यसो नगर्न चेतावनी दिएका छन । 


    images


     ‘घाइते जेन–जी नेपाल’को कार्यालयमा भएको कार्यक्रममा बोल्दै मन्त्री गुरुङले आन्दोलनमै नआएकाहरुले  अहिले राजनीतिक गर्न खोजेको आरोप लगाए । उनले आन्दोलनमा नआएकाहरुले सडकमा उभिन नमिल्ने बताए । 


    'तीन चारजना राजनीति गर्न खोज्ने जेनजीहरु छन, चेतावनी दिन चाहान्छु, हाम्रो रगतमाथि, हाम्रो बलिदानमाथि आन्दोलनमै नआएको मान्छेहरुलाई रोडमा उभिन सुहाउँदैन ।' गुरुङले चेतावनी दिँदै भने, 'उमेर समूह भनेको प्रिभिलेज होइन, जेनजी भनेको इरादा हो, इरादा नेक हुनुपर्छ । उसको देशप्रतिको माया केछ ? आन्दोलनमा आएको थियो कि थिएन ? भनेर पहिचान गरेर यो जेनेरेशनलार्इृ रिप्रेजेन्ट गर्छु र बोल्दै गर्दा  म न्यायका पक्षमा उभिन्छु भनेर ठाडो शिर लगाउने मान्छे जेनजी हो ।' 

    ">

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार