२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

एनपिएल तेस्रो संस्करण कात्तिक दोस्रो साता सुरु हुने

एनपिएल तेस्रो संस्करण कात्तिक दोस्रो साता सुरु हुने

साझा पोष्ट
आइतबार, साउन २४ २०८३
  • images
    images
    एनपिएल तेस्रो संस्करण कात्तिक दोस्रो साता सुरु हुने

    काठमाडौं,साउन २३ । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार बेलुका एनपीएलको तेस्रो संस्करणका लागि मिति घोषणा गरेको हो, जसअनुसार एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म हुनेछ । 


    images

    ‘एनपीएल २०२६ आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुने व्यहोरा अवगत गराउँदछौं’ क्यान सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
    क्यानले घोषणा गरेको मिति दशैं र तिहारको बीचमा परेको छ । मिति अनुसार तिहार सोही बेला परेको छ । यसअघि भने एनपीएल तिहारपछि मंसिरमा हुँदै आएको थियो । मिति तोकेपनि खेलतालिका भने सार्वजनिक भएको छैन ।

    तिहारमा दुई दिन बाहेक अरु दिन खेल गर्ने क्यानको तयारी छ । एनपीएलका लागि अक्सन सम्पन्न भइसकेको छ भने अहिले विभिन्न टोलीहरूले विदेशी खेलाडीहरू अनुबन्ध गर्ने क्रम सुरु भइसकेको छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार