२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

देउवा पक्षलाई गगन थापाको जवाफ: तर्साएर तर्सिन्नँ, फकाएर फकिन्नँ

देउवा पक्षलाई गगन थापाको जवाफ: तर्साएर तर्सिन्नँ, फकाएर फकिन्नँ

साझा पोष्ट
आइतबार, साउन २४ २०८३
  • images
    images
    देउवा पक्षलाई गगन थापाको जवाफ: तर्साएर तर्सिन्नँ, फकाएर फकिन्नँ

    काठमाडौं,साउन २४ ।  नेपाली कांग्रेसका सभापति गगन थापाले असन्तुष्ट पक्षले तर्साएर आफू नतर्सिने बताएका छन् । केन्द्रीय कार्य समिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले शेरबहादुर देउवा पक्षलाई समेटेर निष्पक्ष महाधिवेशन गर्न तयार रहेको  तर तर्साएको भरमा आफू नतर्सिने बताएका हुन । 
    थापाले भने- तर एउटा कुरा के प्रष्ट पार्छु भने,म तर्साएर तर्सिन्नँ,दबाएर दबिन्नँ र फकाएर फकिन्नँ । यो पार्टीमा ४ पुस्ताको सहभागिता छ,सबैलाई समेटेर लैजानुछ ।'
     निवर्तमान सभापति देउवासहित निवर्तमान कार्य समितिका नेताहरूप्रति आफ्नो सम्मान रहेको बताए । उनले १५ औं महाधिवेशनलाई निष्पक्ष बनाउनका लागि के गर्नुपर्ने हो त्यो गर्न समेत तयार रहेको उनले बताए ।


    images

    सभापति थापाले गत चुनावमा कांग्रेसको जिम्मेवारीमा रहेका धेरै नेता कार्यकर्ताले रुखमा मत नहालेको भन्दै यो विषय नोटिसमा रहेको समेत बताए ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार