२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

गगन थापाले रास्वपासँग मित लगाएका छन, विगतको चुनाव रास्वपाकै सहयोगमा जितेका हुन् : मोहन बस्नेत

गगन थापाले रास्वपासँग मित लगाएका छन, विगतको चुनाव रास्वपाकै सहयोगमा जितेका हुन् : मोहन बस्नेत

साझा पोष्ट
सोमबार, साउन २५ २०८३
  • images
    images
    गगन थापाले रास्वपासँग मित लगाएका छन, विगतको चुनाव रास्वपाकै सहयोगमा जितेका हुन् : मोहन बस्नेत

    काठमाडौं,साउन २५ । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापा समूहले रास्वपासँग मिलेमतो गरेको आरोप लगाएका छन्।


    images

    कांग्रेसको सिन्धु-काठमाडौं सम्पर्क समितिको युवा भेलालाई सम्बोधन गर्दै बस्नेतले रास्वपासँग थापाले मित लगाएको टिप्पणी गरेका हुन् । उनले विगतको चुनावमा काठमाडौं ४ मा रास्वपाकै सहयोगमा गगनले चुनाव जितेको दाबी गरे।

    उनले भने, ‘नौटङ्की गरेर रास्वपासँग मित लगाएर हिजो थापाजीले काठमाडौं ४ मा जितेको हो। चितवनमा रास्वपालाई सहयोग गरेको कांग्रेस स्वयंले हो। होइन भन्ने कोही छरु त्यसपछि अब त्यसरी ढाँटेर उहाँहरू अहिले पनि छलछाम गरेर भ्याउँछु भन्न खोजेको होलान्।’

    उनले आफूहरूले धोई पखाली गरेर फेरि इमानदार, सक्षम कांग्रेस बनाउने खोजेको बताए।

    उनले भने, ‘मुलुक र जनताको हित गर्ने कांग्रेस बनाउँछौँ। यो बकवास गरेर दुई चार दिनको लागि चटक देखाउने कांग्रेस होइन। मुलुक र जनता र प्रजातन्त्रको लागि सधैँ लड्ने कांग्रेस हो।’

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार