२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

गृहमन्त्री गुरुङले लिए मधेशका सांसदहरुसँग सुझाव, धार्मिक तथा साम्प्रदायिक तनाव हल गर्ने प्रयास

गृहमन्त्री गुरुङले लिए मधेशका सांसदहरुसँग सुझाव, धार्मिक तथा साम्प्रदायिक तनाव हल गर्ने प्रयास

साझा पोष्ट
सोमबार, साउन २५ २०८३
  • images
    images
    गृहमन्त्री गुरुङले लिए मधेशका सांसदहरुसँग सुझाव, धार्मिक तथा साम्प्रदायिक तनाव हल गर्ने प्रयास

    काठमाडौं,साउन २५ । गृहमन्त्री सुधन गुरुङले उद्योग मन्त्री गौरी यादवसहित मधेश प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । 


    images

    सोमवार सिंहदरबारस्थित गृह मन्त्रालयमा उनले मधेशमा हालै घटेको घटनालगायत समसामयिक विषयमा मधेश प्रदेशका सबै दलका सांसदहरूसँग छलफल गरेका हुन् । 

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद नीतिमा भण्डारीले छलफल मधेश प्रदेशमा पटक-पटक हुने गरेको धार्मिक तथा साम्प्रदायिक तनावको दीर्घकालीन हल कसरी गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेको बताइन् । उनका अनुसार छलफलमा गृहमन्त्री गुरुङले मधेशमा उत्पन्न हुने सामुदायिक तनावको हल कसरी गर्न सकिन्छ ? भन्नेबारे सांसदहरूसँग सुझाव लिएका छन् । सांसद भण्डारीले छलफलमा सांसदहरू हालै सुनसरी, सिरहासहित मधेशका केही जिल्लामा घटेको घटना साम्य पार्ने क्रममा भएको प्रशासनिक कमजोरी औँल्याउँदै सुरक्षा रणनीतिमा सुधार गर्नुपर्ने धारणा राखेको बताइन् ।

    उनले भनिन्, ‘गृहमन्त्रीज्यूले मधेश प्रदेशमा हुने गरेका धार्मिक तथा साम्प्रदायिक तनावको दीर्घकालिन रुपमा कसरी हल गर्न सकिन्छ रु तपाईँहरूको सुझाव चाहियो भन्नुभयो । उहाँले अब आइन्दा यस्तो घटना नहोस् भनेर दीर्घकालीन सोलुसनमा जानुपर्छ भन्नुभयो । अनि भिड नियन्त्रणको क्रममा प्रहरी र स्थानीय प्रशासनबाट भएका कमजोरी र आउने दिनमा ध्यान दिनुपर्ने कुराहरूको विषयमा हामीहरूले सुझाव दिइरहेकै छौँ ।’

    सुनसरीको तप्तानगञ्जसहित मधेशी जिल्लामा हिन्दु र मुस्लिम समूदायबीच बढेको तनाव नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागेर ३ जनाको मृत्यु भएको थियो । सोही घटनामा अन्य केही घाइते भएका थिए । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार