२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

अनिल साहकाे कप्तानीमा नेपाल 'ए' टिमकाे घोषणा, दुबै कुशल पनि सामेल

अनिल साहकाे कप्तानीमा नेपाल 'ए' टिमकाे घोषणा, दुबै कुशल पनि सामेल

साझा पोष्ट
सोमबार, साउन २५ २०८३
  • images
    images
    अनिल साहकाे कप्तानीमा  नेपाल 'ए' टिमकाे घोषणा, दुबै कुशल  पनि सामेल

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले अष्ट्रेलियामा हुने टप एन्ड टि ट्वेन्टीको‌ लागि अनिल साहकाे कप्तानीमा  नेपाल 'ए' टोली घोषणा गरेकाे छ  । टाेलीमा
    राष्ट्रिय टोलीका नियमित सदस्य कुशल भुर्तेल पनि छन् । 


    images


    टोलीमा त्रितराज दास, मयान यादव, कुशल भुर्तेल, पवन सराफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रसिद खान, नारायण जोशी, आकाश चन्द, साहब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल छन्। 

    प्रतियोगिता अष्ट्रेलियाको डार्बिनमा अगस्ट २१ देखि ३० सम्म हुनेछ। नेपाल 'ए' सहित बंगलादेश हाई पर्फमेन्स टिम, न्युजिल्यान्ड 'ए', होबार्ट हुरिक्यान्स एकेडेमी, एडिलेड स्ट्राइक्स एकेडेमी, क्रिकेट भिक्टोरिया, एसिटी कोमेट्स, एचएच किङ्समेन एकेडेमी र एन्टी स्ट्राइकबीच प्रतिस्पर्धा हुनेछ। 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार