२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

कप्तान बनेपछि सन्दीपले रोहितको प्रशंसा गर्दै भने: भाइ तिम्रो योगदानको सधैं कदर हुनेछ

कप्तान बनेपछि सन्दीपले रोहितको प्रशंसा गर्दै भने: भाइ तिम्रो योगदानको सधैं कदर हुनेछ

साझा पोष्ट
मंगलबार, साउन २६ २०८३
  • images
    images
    कप्तान बनेपछि सन्दीपले रोहितको प्रशंसा गर्दै भने: भाइ तिम्रो योगदानको सधैं कदर हुनेछ

    काठमाडौं,साउन २६ । नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त कप्तान सन्दीप लामिछानेले पूर्वकप्तान रोहितकुमार पौडेलको प्रशंसा गर्दै  धन्यवाद दिएका छन् । मंगलबार सामाजिक सञ्जालमा लेख्दै सन्दीपले रोहितको प्रशंसा गरेका हुन् । 


    images

    रोहितले नेपाली टोलीलाई धेरै अगाडि बढाएको र अझै देशका लागि उनले योगदान पुर्‍याउन बाँकी रहेको सन्दीपको टिप्पणी छ । 

     ‘धन्यवाद रोहित भाइ, यो टोलीका लागि तिमीले गरेका सबै कामका लागि र हरेक परिस्थितिमा हामीलाई जसरी नेतृत्व गर्‍यौ, त्यसका लागि । टोलीप्रतिको तिम्रो योगदान, प्रतिबद्धता र उपस्थितिको सधैं कदर हुनेछ । मलाई विश्वास छ, यो टोली र देशका लागि तिम्रो अझ धेरै योगदान आउन बाँकी नै छ ।’ सन्दीपले लेखेका छन् । 

    नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एकदिवसीय टिमको कप्तानबाट रोहितलाई हटाएर सन्दीपलाई जिम्मेवारी दिइएको घोषणा गरेको थियो । आफूबाट कप्तानी खोसिएको बारे रोहितले भने कुनै सार्वजनिक टिप्पणी गरेका छैनन् । तर सामाजिक सञ्जालमा सफल कप्तान भनेर उनको प्रशंसा भइरहेको छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार