२०८३, साउन २९ गते

शुक्रबार, साउन २९ गते २०८३

शुक्रबार, साउन २९ गते २०८३

रोनाल्डो र जर्जिनाले गरे विवाह

रोनाल्डो र जर्जिनाले गरे विवाह

साझा पोष्ट
बुधबार, साउन २७ २०८३
  • images
    images
    रोनाल्डो र जर्जिनाले गरे विवाह

    काठमाडौं,साउन २७ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी प्रेमिका जर्जिना रोड्रिगेज विवाह गरेका छन्।


    images

     अगस्ट ११ मा पोर्चुगलको कास्काइसमा उनीहरुले विवाह गरेको पुष्टि गरेका हुन्। विवाहमा उनका पाँचै सन्तान उपस्थित रहेको भनेर स्पेनी खेलकुद अखबार मार्काले जनाएको छ।

    विवाहमा रोनाल्डो र जर्जिनाका अत्यन्त नजिकका आफन्त मात्रै सहभागी भएको बताइएको छ।विवाह रोनाल्डोको आफ्नै निवासमा भएको समाचार संस्था एसोसिएटेड प्रेस (एपी)ले जनाएको छ। 

    रोनाल्डो र जर्जिनाको विवाह उनीहरूको इन्गेजमेन्ट गरेको ठीक एक वर्षपछि भएको हो।

    रोनाल्डो र जर्जिना पछिल्लो एक दशकदेखि सम्बन्धमा छन्। उनीहरूको भेट म्याड्रिडमा भएको थियो। जर्जिनाले गत वर्ष अगस्ट ११ मा रोनाल्डोसँग इन्गेजमेन्ट भएको सार्वजनिक गरेकी थिइन्।

    जर्जिनाले सन् २०२५ अगस्ट ११ मा सामाजिक सञ्जालमार्फत रोनाल्डोसँग इन्गेजमेन्ट भएको सार्वजनिक गरेकी थिइन्।

    त्यसयता उनीहरूका समर्थकले विवाहको मिति र स्थानबारे चासो राख्दै आएका  रोनाल्डोले विश्वकपपछि विवाह गर्ने इच्छा रहेको बताएका थिए, तर उनले निश्चित मिति सार्वजनिक गरेका थिएनन्।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार