२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

‘गाँजा, भाङ, धतुरो सेवन गरेर एक्सप्रेस गाडी चलाए दुर्घटना निश्चित छ’

‘गाँजा, भाङ, धतुरो सेवन गरेर एक्सप्रेस गाडी चलाए दुर्घटना निश्चित छ’

साझा पोष्ट
बुधबार, साउन २७ २०८३
  • images
    images
    ‘गाँजा, भाङ, धतुरो सेवन गरेर एक्सप्रेस गाडी चलाए दुर्घटना निश्चित छ’

    काठमाडौं,साउन २७ ।  राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीका सांसद सुरेशकुमार आलेमगरले प्रधानमन्त्री बालेन्द्र साहलाई लक्षित गर्दै सरकारको कार्यशैलीप्रति सांकेतिक टिप्पणी गरेका छन् ।


    images

    बुधबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै आलेमगरले द्रुत गतिमा गुड्ने ‘एक्सप्रेस’ सवारी र त्यसका चालकको अवस्थालाई जोडेर तीव्र गतिमा अघि बढ्दा सन्तुलन नमिले गम्भीर दुर्घटना निम्तिन सक्ने चेतावनी दिए ।

    उनले ट्राफिक नियममा रहेको ‘बिस्तारै गए अवश्य पुगिन्छ, छिटो गए भन्न सकिन्न’ भन्ने नारालाई उद्धृत गर्दै तीव्र गतिमा चल्ने सवारीको जोखिमबारे चर्चा गरे ।

    ‘एक्सप्रेस गतिको गाडी चलाउने चालक कस्तो छ भन्ने कुराले ठूलो अर्थ राख्छ । त्यस्तो अवस्थामा दुर्घटना अवश्यम्भावी छ र त्यसले पुर्‍याउने क्षतिको कुनै पूर्वानुमान गर्न सकिँदैन,’ उनले भने ।

    आलेमगरले चालक दक्ष र सचेत भए मात्रै तीव्र गतिमा चल्ने सवारी सुरक्षित रूपमा गन्तव्यमा पुग्ने बताए । चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेर सवारी चलाए दुर्घटना निश्चित हुने उनको भनाइ थियो ।

    प्रधानमन्त्री साहले चितवनमा पार्टीको पहिलो महाधिवेशनका क्रममा वर्तमान सरकार ‘एक्सप्रेस वे’मा रहेको बताएका थिए । सोही अभिव्यक्तिलाई संकेत गर्दै आलेमगरले ‘एक्सप्रेस’ र ‘लोकल’ गाडीमध्ये कुन रोज्ने भन्नेभन्दा पनि त्यसको चालकको अवस्था र नियम पालना महत्वपूर्ण हुने बताए ।

    उनले तीव्र गतिमा अघि बढ्दा पनि चालकको दक्षता, सचेतना र नियमको पालना सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार